माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, स्थानीय चुनावलगायत एजेन्डा

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज (सोमबार) बस्दैछ ।

बैठक बिहान ८ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्न लागेको माओवादी स्रोतले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति, स्थानीय चुनाव, पार्टीले चलाउने जनअभियानलगायत विषयमा छलफल हुने बताइएको छ ।