– कृष्ण खनाल
बुटवल ४ वैशाख । तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शनिवार पुरुष सय मिटर दौड र पुरुष र महिला ज्याभालिङ थौ प्रतियोगिता सम्पन्न भए ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रवारवाट बुटवलको कालिका माविमा जारी अन्तर मावि खेलकुद प्रतियोगितमा शनिवार सिद्धार्थ मिनार्वा तिनाउ र कालिका माविले एक एक ओटा स्वर्ण पदक हात पारे । पुरुष सय मिटर दौडमा सिद्धार्थ वोर्डिङका सिद्धार्थ राना पहिलो भए भने उजिर िसंह माविका महादेव चौधरी दोस्रो र मिनार्वा वोर्डिङ स्कुलका कमल गुरुङले तेस्रो स्थानमा रहे ।
त्यस्तै महिला सय मिटरमा मिनार्वा वोर्डिङ सन्ध्या ज्ञवलीले टिमका लागि स्वर्ण जितिन । उनले अक्सफोर्ड मोर्डन वोर्डिङकी रिया बोहोरा दोस्रो स्थानमा र बुटवल पब्लिकका इन्दिरा सेनलाई तेस्रो स्थानमा राख्दै आफु आगडि रहेकी हुन । प्रतियोगिता अर्को खेलमा पुरुष ज्याभालिङमा तिनाउ बोर्डिङका ओम बहादुर सिजंालीले स्वर्ण हात पारे । देवदह माविका शिव बहादुर क्षेत्री दोस्रो स्थानमा रजतमा सिमित रहे रहॆ भने उजिर िसंहका दिनेश चौधरीले स्कुलका लागि कास्य पदक जिते । त्यस्तै महिला तर्फ मनिषा गौतमले कालिका माविका लागि स्वर्ण पदक जितिन । तिस्रना ठडा मगर तिलोत्तमा मावि र पि्रयका सारु सिद्धार्थ वोर्डिङलाई क्रमश पहिलो दोस्रो र तेस्रो स्थानमा पछि पार्दै उनले निजी स्कुललाई पछि परेकी हुन ।
प्रतियोगितामा जारी भलिवलमा महिला भलिबलमा सेमिफाइनलमा चरणका खेलहरु आजबाट हुनेछन भने क्वाटरफाइलनका खेलहरु पुरुषतर्फको हुनेछन । विभिन्न इभेन्टका साथै भलिवल खेलमा प्रतिष्पार्धामा जिल्लाका संस्थागत र सामुदायिक गरी कुल २७ विद्यालयका ५ सय खेलाडी विद्यँर्थीले प्रतिष्पर्धा गरिरहेका छन । राष्ट्रपति रनिङ शिल्डको पहिलो संस्करण देवदह माविले र दोस्रो संस्करण मिनर्वा वोर्डिङ स्कुलले जितेको थियो ।