अहिले पनि हाम्रो संख्या म्याजिक नै छ : यो सरकार ढालेर फेरी माओवादीको सरकार बन्छ – अध्यक्ष दाहाल

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

शनिबार माओवादीको काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलामा उनले यो सरकारलाई उल्ट्याएर बन्ने सरकार नै माओवादीको भएको बताएका हुन् ।

‘हामी ३२ सिटे भएको हुनाले प्रमुख विपक्षी दलको नेता हौं। त्यो ३२ सिट भनेको हाम्रो पार्टी गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ,’ उनी भन्छन्, ‘यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो। त्यसैले चिन्तित हुने कुरा छैन ।’

‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरु उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले भने, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ ।’

 

images