– कृष्ण खनाल
बुटवल ५ वैशाख । प्रचण्ड थैव स्मृति टि ट्वान्टी कि्रकेट प्रतियोगितामा सोमबार गोरखपुर रक स्टार विजयी हुदा वैक रोड भैरहवा भने हार वेहोर्न बाध्य भयो ।
कपिलबस्तुको शान्तिसृजना समुह र बुटवको व्याड वोइज समुहको खेल विहानको हावाहुरीले प्रभावित गरिरहदा दोस्रो खेल भने रक स्टारलाई आफ्नो पक्षमा पारेको हो ।
टस जितेर पहिलो रकस्टारलाई फिल्डिङ दिएको वैकरोडले पुरै विस ओभर खेल्यौ र नौ विकेटमा ११२ रनको योगफल तयार गर् यो । बल बहादुर थापाले ३३ रन विश्व थापाले १५ एकलख अहम्मदले १४ र अमृत गुरुङले १२ रनमा पेवेलियन फर्किदा वैकरोडको यो योगफल बनेको थियो । उनको इनिङ ललान रायले ३ कुमार पान्डे दुई र शचिन हुसेनले दुई विकेट लिदा धरासायी बनेको थियो । प्रतिउत्तरमा १४।१ ओभरमा नै रकस्टार ११६ रन बनाएपछि खेल रकस्टारले ६ विकेट जित्यो । उसको जितमा म्यान अफ दि म्यान समेत रहेका विर बहादुर रायले ३७ दिनेश िसंह २१ सौरभ िसंह २१ र सत्यनाथ कहानले १४ रन बनाउदा निर्धारित लक्ष्य पुरा गरेको थियो । वैकरोडका बल बहादुर थापाले दुई अमृत गुरुङले एक र एकलख अहम्मदले एक विकेट लिए पनि जितका लागि पार्यप्त भने भएन ।
प्रतियोगितामा मगंलबार म्याक्स ११ बुटवल र प्रचण्ड थैव ११ विच पहिलो खेल हुनेछ भने शिव शक्ति समुह भैरहवा र सुनौली ११ विच खेल हुने आयोजक क्लव अध्यक्ष एवंम खेल सयोजक कुलेन्द्र पुनले जानकारी दिए ।