बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यलाई पत्नी शोक


 

काठमाडौ – बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यलाई पत्नी शोक परेको छ । ४६ वर्षीया मिरा आचार्यको काठमाडौंको मोडल अस्पतालमा उपचारका क्रममा  बुधबार बिहान निधन भएको हो । उनी लामो समयदेखि मुटुरोगबाट  पिडीत थिइन् ।

लामो समयदेखि मुटुको समस्या झेल्दै आएकी मीरालाई अचानक मस्तिष्कमा समस्या देखिएपछि तीन दिन अघिनै मोडल अस्पतालको आईसीयू उपचारकक्षमा भर्ना गरिएको थियो । भ्यान्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास राखिएकी उनलाई आज विहान मृत घोषणा गरिएको हो । मीराका दुई छोराहरु त्रिलोक र मोहित छन् । जेठा छोरा त्रिलोक बुधबार नै अमेरिकाबाट स्वदेश आईपुगेका छन् ।

वि.सं. २०४० माघ ९ गते हरिवंशसँग विवाह सम्बन्ध गाँसेकी मीरा रेडियो नेपालकी कार्यक्रम प्रस्तोता समेत हुन् ।

आचार्यको शव बागबजार स्थित मोडल अस्पतालमा राखिएको छ । उनलाई श्रद्धान्जली दिन  आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको छ । आचार्यको दुई छोरा छन् ।