बुटवलमा जारी प्रचण्ड थैव टि ट्यान्टी कि्रकेटमा, बुटवल युथ स्पोट्स क्लव र रक स्टार गोरखपुर सेमिफाइनलमा

– कृष्ण खनाल

 

बुटवल ८ वैशाख । बुटवलमा जारी प्रचण्ड थैव टि ट्यान्टी कि्रकेट प्रतियोगितामा बुटवल युथ स्पोट्स क्लव र रक स्टार गोरखपुर सेमिफाइनलमा पुगेको छ । विहिवारको भएको क्वाटरफाइनल चरणका खेलमा विजयी भएपछि यी दुई टोलीले अन्तिम चारको यात्रा तय  गर् यो ।

 

विहिवार विहानी भएको खेलमा कि्रश्चियन युथ क्लव बुटवलाई ६ विकेटले पाखा लगाएपछि बुटवल युथले आफ्नो अन्तिम चारको यात्रा तय गर् यो । टस जितेर पहिलो व्याटिङ रोजेको कि्रश्चियनले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । उसको यो योगफलमा किरण पान्डेले ४९ विदुर केसीले अविजित ३३ रन र पवन गुरुङले २० रन बनाएका थिए । जावाफी लक्ष्यका लागि मैदानमा आएको बुटवल युथले १६।५ ओभरमा नै चार विकेटको क्षँतिमा लक्ष्य भेटायो । म्यान अफ दि म्याच उमेश गौतमले ७६ रनको पारी खेलिपछि बुटवल युथलाई जितको लयमा ल्याइपुर् याएको थियो । बावु विकेले २४ रन बनाउदा बुटवल युथले अन्तिम चारको यात्रा तय गर् यो । विक्रम राना निर्मल  थापा विदुर केसीले समान एक  विकेट लिए पनि कि्रश्चियनको जित भने हुन सकेन । यता कि्रश्चियनको इनिङलाई दिपेन्द्र िसंह र विमन श्रेष्ठले समान तीन विकेट लिएर ध्वस्त पारेका थिए ।

 

विहिवार नै भएको दोस्रँे खेलमा शिवशक्ति युवा क्लव भैरहवालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्दा शिवशक्ति भने अन्तिम आठबाट नै बाहिरीएको छ । टस जितेर पहिलो व्याटिङमा आएको शिवशक्तिले निर्धातिर ओभरमा पुरै विकेट गुमाई १५६ रन बनायो । प्रतिउत्तरमा मैदानमा आएको रकस्टारले शिवम श्रीबस्तावले अर्धसतकीय पारी खेल्दा लक्ष्य भेटायो । उनको व्यक्तिगत ८७ रन र विर बहादुर रायले २८ सहित गौरव िसंहले २३ रन बनाउदा उसले लक्ष्य पार गरेको थियो । शिवशक्तिका सौरव खनालले दुई कृष्ण कार्कीले एक र बसन्त ढुगेले एक विकेट हात पारे । यता रकस्टारका सचिन यादवले धरिलो बलिङ गर्दै तीन विकेट र विर बहादुर रायले दुई विकेट हात पारेपछि शिवशक्तिको इनिङ थप खुम्चिएको थियो । खेलमा रकस्टारका शिवम श्रीवस्ताव म्यान अफ दि म्याच भए ।

 

प्रतियोगितामा आज  शान्ति सृजना कपिलबस्तुले प्रचण्ड थैव ११ को समाना गर्नेछ भने एन डी वि नौतहवनाले न्यु प्रुेन्डस कोल्हुवाको समाना गर्नेछ ।