प्रचण्ड थैव र प्रेुन्ड्स अन्तिम चारमा

– कृष्ण खनाल

 

बुटवल १० वैशाख  । युवा संघ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा जारी प्रचण्ड थैव स्मृति टि ट्यान्टी कि्रकेट प्रतियोगितामा न्यु प्रुेन्डस क्लव युपी र प्रचण्ड थैव ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

 न्यु प्रुेन्डस क्लवले एम वी सी समुहलाई क्वाटरफाइनलमा पाखा लगाएपछि अन्तिम चारमा आफ्नो स्थान सुरक्षित पार् यो । म्यान अफ दि म्याच समेत रहेका सौहजाद खानले टिमका लगि अर्धसतकीय पारी खेल्दै ५५ रनको योगदान दिदै मेराज अहम्मद ४ विकेट लिएपछि उसको अन्तिम चारको यात्रा सह जबनेको थियो । शुक्रवार सिद्धिश्वर खेल मैदानमा पहिलो व्याटिङ गर्दै न्यु प्रुेन्डस क्लवले पुरै ओभरमा ६ विकेटमा १४४ रन बनाएको थियो । उसको योगफलमा नविन खानले ४४ रन योगदान दिए । यता जावफमा मैदानमा आएको एम वि सिले १९ ओभरमा १२४ रनमा नै समेटिए पछि खेल प्रुेन्डसको पक्षमा गएको थियो । रितेश सुब्वाले ३४ जय पान्डेले २६ र पवन िसंहले २१ रन बनाए पनि जित भने हात पार्न सकेन । जय पान्डले एम विसीका लागि तीन विकेट लिए पनि जितका लागि भने पार्यप्त भएन । यता एम विसीको इनिङलाई सस्तैम्ा समेट्ने गर्ने क्रममा सुरेश बर्माले ३ विकेट हात पारे ।

 

यता शान्ति सृजना युवा समुहलाई पाखा लगाउदै प्रचण्ड थैव ११ ले पनि अन्तिम चारको यात्रा तय गर् यो । शान्ति सृजनाले पहिले व्याटिङ गर्दै १५।४ ओभरमा पुरै विकेट गुमाउदै १०४ रनमा नै समेटिएको थियो । जावाफी व्यािटङमा आएको प्रचण्ड थैवले १९ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएपछि खेल प्रचण्ड थैव समुहले ५ विकेटले आफ्नो पक्षँमा पार् यो । विजयी टिमका लागि भुपे गुरुङले ३४ रन दिपेश थापाले २० रन र सुदीप थापाले १६ रन बनाएको थियो । म्यान अफ दि म्यान समेत रहेका कृष्णा थापाले विजयी टिमका टिमले चार विकेट र सरोज खानले ३ र यामु रानले दुई विकेट लिदा विपक्षी टिमको इनिङ खुम्चिन पुगेको थियो । पहुना टिमका देवीराम भुसालले २५ र पोमे चौधरीेले १८ रन र विरेन शाहीले १० र बलिङ तर्फ सुमित साहीले ४ र विस्नु पन्थीले एक विकेट लिए पनि जित भने हात पार्न सकेनन ।

 

प्रतियोगितामा आजदेखि सेमिफाइनल चरणका खेलहरु हुदैछन । पहिलो खेलमा बुटवल युथ क्लव विरुद्ध प्रचण्ड थैव ११ ले प्रतिस्पर्धा गर्नेछन भने दोस्रो समुहमा रक स्टार गोरखपुर र न्यु प्रुेन्डस कोल्हुवा विच खेल हुने प्रतियोगिता प्रचार प्रसार सयोजक किरण नेपालले बताए । प्रतियोगिताको विजयी टोलीले पाचास हजार र उपविजेता टोलीले २५ हजार पाउनेछन ।