सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी

 

वासिङटन डिसी, १२ मंसिर । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको शानदार जितपछि उनले आगामी दिनमा के–कस्ता निर्णय लिने भन्नेमा अड्कलबाजी भइरहेको छ ।

धेरै मिडिया रिपोर्टहरूमा अब उनले सबै ट्रान्सजेन्डर सदस्यहरूलाई अमेरिकी सेनाबाट हटाइने दाबी गरिएको छ।यस विषयमा ट्रम्पका प्रवक्ता क्यारोलिन लेभिटले त्यस्तो कुनै योजना नभएको बताएकी छन् । प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भने,  ‘अहिलेसम्म कुनै निर्णय भइसकेको छैन र त्यस्तो कुनै निर्णय भएमा औपचारिक रुपमा घोषणा गरिने छ ।’ तर, उनको यो प्रस्टोक्तोसँग धेरै सहमत हुन सकिरहेका छैनन् ।

किनभने ७८ वर्षीय ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा यस्तो आदेश लागू गरेका थिए । उनीहरूले ट्रान्सजेन्डरहरूलाई सशस्त्र बलमा भर्ती हुनबाट रोकेका थिए तर पहिले नै सेवा गरिरहेकाहरूलाई हटाउने कुनै निर्णय भने लिएका थिएनन् ।

अब भने पहिले नै कार्यरत रहेकाहरुलाई जागिरबाट हटाइने दाबी अमेरिकन मिडियामा गरिदैँ आएको छ । अमेरिकी सेनामा करिब १५ हजार ट्रान्सजेन्डरहरू सेवा गरिरहेका छन्।

ट्रम्पले कम्युनिष्ट सोच बाहेक अन्य निर्णय लिन चाहेको कारण यस्तो निर्णय गर्न सक्ने मानिन्छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कुनै पनि विद्यालयमा बच्चाहरूलाई ट्रान्सजेन्डर र अन्य यौन सम्बन्धी विषयहरू जस्ता पागलपनलाई बढावा दिने विरुद्ध नीति बनाउने बताएका थिए।

images

उनले ट्रान्सजेन्डर खेलाडीहरूलाई केटीहरूको खेलकुदबाट बाहिर राख्न पनि वकालत गरेका थिए। यस्तो अवस्थामा यस विषयमा दाबी भइरहेको हो ।

images

 

images