कुख्यात अन्तरराष्ट्रिय आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा बिन लादेन सैनिक कार्वाहीमा मारिए सँगै अमेरिकाभर खुशीयाली, विश्वभरबाट अनेकौ प्रतिकृया


 

अल-कायदाका संस्थापक एवं प्रमुख ओसामा विन लादेनको मृत्यु भएको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले हृवाइट हाउसबाट सोमबार टेलिभिजन सम्बोधन गर्दै लादेनको मृत्यु भएको दाबी गरेका छन् । लादेन पाकिस्तानको राजधानी इस्लामाबाददेखि ५० किलोमिटर उत्तरको अब्बोत्तावादमा अमेरिकी स्थल सेनाको कारबाहीमा मारिएको ओबामाले टेलिभिजन सम्बोधनमा भनेका छन् । उनको टाउकोमा गोली हानेर मारिएको समाचारमा जनाइएको छ ।

आक्रमणमा वीन लादेनका छोरासहित चार युवक पनि मारिएका अमेरिकी सरकारी स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । मारिएका वीन लादेनका छोरा हाज्मा पनि अल-कायदाका वरिष्ठ सदस्य भएको जनाइएको छ । आक्रमणमा उनका थुप्रै सहयोगीसहित ओसामा बीन लादेन मारिएका र उनको शवलाई अमेरिकी सैनिकले आफ्नो कब्जामा लिएको छ ।

लादेनको हत्याका लागि एक महिनाअघि देखि नै एक उच्चस्तरीय सैन्य अधिकारीको नेतृत्वमा सैन्य टोली परिचालन गरिएको उच्च प्रशासन अधिकारीले जनाका छन् ।

अमेरिकी राष्ट्रपति ओबामाले आतंककारी लादेनको मृत्युबाट आफूलाई गर्बवोध भएको बताएका छन् । उनले आतङ्ककारीबाट पीडित विश्व समुदायलाई न्याय दिलाउन अमेरिका सफल भएको बताए ।

ओबामाले विश्वभरका मुलुकलाई शान्तिपूर्ण बनाउने अभियानमा ढिलै भए पनि सफल भएको टिप्पणी गरेका छन् । उनले विश्वलाई नै शान्तिपूर्ण बनाउने आफ्नो अभियान जारी रहने प्रतिबद्धतासमेत जनाएका छन् ।

टेलिभिजन सम्बोधनमा ओबामाले १० वर्षसम्मको आतंकवादविरुद्धको लडाईंमा साथ दिने अमेरिकी जनता र युद्धमा निरन्तर खटिएका सैनिकहरुलाई धन्यवाद दिएका छन् । लादेन मारिएको समाचारबारे उनको संगठन अल-कायदाले कुनै प्रतिक्रिया जनाएको छैन ।

लादेन अमेरिकाको सर्वाधिक खोजीका व्यक्ति थिए । विन लादेन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्क र वासिङ्टनमा भएको हमलाका प्रमुख योजनाकार थिए ।

खुशी साट्न हृवाइटहाउसमा

राष्ट्रपति बाराक ओबामाले हृवाइट हाउसबाट टेलिभिजनहरूलाई सम्बोधन गरेलगत्तै हृवाइट हाउस बाहिर जम्मा भएका हजारौँ अमेरिकी नागरिकले खुसियाली मनाउनुका साथै अमेरिकी झन्डा फहराएका थिए । अमेरिकाको आर्थिक शक्तिको प्रतिकको रुपमा रहेको ट्वीन टावर आक्रमणको १० वर्ष पछाडि नै भए पनि ओसामा मारिएकोमा विश्व नै खुसी भएको छ ।

अन्त्येष्टि पनि

 

अमेरिकी सैन्य आक्रमणमा मारिएका वीन लादेनको समुद्रमा अन्त्येष्टि गरिएको अधिकारीहरुले जनाएका छन् । लादेनको शव मुस्लिम परम्पराअनुसार नै अन्त्येष्टि गरिएको दाबी ती अधिकारीको छ । अन्त्येष्टिबारे थप विवरण बताउन अधिकारीहरुले नचाहेको सीएनएनले जनाएको छ ।

 

अल-कायदा प्रमुख ओसामा विन लादेनको मृत्यु भएकोमा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले ‘अमेरिकाको जीत’ भएको टिप्पणी गरेका छन् ।

 

अफगान राष्ट्रपतिद्वारा स्वागत

 

अफगान राष्ट्रपति हमिद कारजाईले अमेरिकी सैनिकद्वारा पाकिस्तानको अब्बोतावादमा अल-कायदा प्रमुख ओसामा विन लादेनलाई आक्रमण गरी मारेकोमा स्वागत गरेका छन् । ओसामा विन लादेनको मृत्युले आतङ्ककारी गतिविधिमा समाप्त हुने आशा राखेको बताए ।

 

अफगान राष्ट्रपतिले पाकिस्तानको अब्बोतावादमा ओसामा मारिएपछि पाकिस्तान नजिकैको अफगानिस्तानको गाउँगाउँमा भएको आतङ्क प्रष्ट भएको र यसैकारण अन्तर्राष्ट्रिय समुदायले आतकङ्बाट बच्न अफगानिस्तान बाहिर पनि ध्यान दिनुपर्ने बताएका छन् ।

 





 

कुख्यात अन्तरराष्ट्रिय आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा बिन लादेन सैनिक कार्वाहीमा मारिएका छन्। अमेरिकी गुप्तचर विभागद्धारा पाकिस्तानको राजधानी इस्लामावाद नजिकै गरिएको सैन्य अभियानमा लादेन मारिएका हुन्।
अमेरिकी राष्टपति बाराक ओवामाले लादेनको मृत्युको आधिकारिक पुष्टि गरेका छन्। ओबामाले ह्वाइट हाउसमा सम्बोधन गर्दै लादेनको मृत्युले अमेरिका लगायत समग्र विश्वले नै शान्तिको महसूस गरेको प्रतिक्रिया दिएका छन्। अमेरिकी संचार माध्यमहरुले अमेरिकी अधिकारीहरुको भनाइ उद्रित गर्दै बिन लादेनको शव अमेरिकामा नै रहेको बताएका छन्। बिन लादेन अमेरिकाको सर्वाधिक खोजीका ब्यक्ति थिए। लादेनको मृत्यु भएको खवर सार्वजनिक भएपछि अमेरिकामी जनता खुसियाली मनाउन सडकमा निस्किएका छन्।


अमेरिकाका पूर्व राष्ट्रपतिहरु जर्ज डब्लु बुस र विल क्लिन्टनले लादेनको मृत्युलाई अमेरिकी अभियानमा महत्वपुर्ण सफलता भएको भन्दै खुसी ब्यक्त गरेका छन्। अमेरिकी सिनेटर जोन म्याक्केनले पनि विश्वको सबैभन्दा ठुलो आंतककारीको मृत्युबाट उत्साही भएको प्रतिक्रिया दिएका छन्। लादेन सन् २००१ को सेप्टेम्बर ११ मा न्ययोर्कको ट्वीन्स टावर तथा वासिंटन डिसीस्थित पेन्टागनमा भएको आक्रमणको प्रमुख योजनाकार थिए। जुन आक्रमणमा झण्डै तीन हजारको मृत्यु भएको थियो। त्यसपछि लादेनलाइ जीउदै समात्न वा मार्नको लागि अमेरिकाले विषेश खोजी गर्दै आएको थियो। लादेनको वारेमा जानकारी दिनेलाई दुई करोड पचास लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा समेत गरिएको थियो। लादेनलाइ समात्नको लागि नै अमेरिकाले अफ्गानिस्तानमा सैन्य कार्वाही गरेको थियो। आंतकवाद विरुद्धको युद्धमा अमेरिकाले पाकिस्तान र अफ्गानिस्तानमा अरवौ डलर खर्च गरिसकेको छ।

 

अमेरिकाले लादेनको गिरफ्तारी वा मृत्युको लागि पाकिस्तानी भूमिमा पनि चालक रहित विमानको आक्रमणलाइ पनि पछिल्लो समयमा तिव्रता दिएको थियो। अफ्गानिस्तानमा रहेको तालिवानी अतिवादी संगठनले लादेनलाइ शरण दिएको हुनाले हालको अमेरिकी अभियान तालिवानसँग प्रत्यक्ष रुपमा केन्द्रित थियो।

 

 





अमेरिकी राष्ट्रपति बाराक ओबामाले लादेनको मृत्युको पुष्टि गर्नुभएको छ। सार्वजनिक वक्तव्य जारी गर्दै ओबामाले अब विश्वमा शान्ति एवं अमन चयन कायम हुने विश्वास व्यक्त गर्नुभयो।

म लादेनको मृत्युको पुष्टि गर्दछु। हामीले अल कायदा र तालिवान विरुद्ध अफ्गानिस्तानमा करिव १० वर्ष लामो युद्ध लडिरहेका छौ। आज हामीले ठूलो सफलता प्राप्त गरेका छौं। हामीले विन लादेनलाइ जिउदै समात्न वा मार्नको लागि ठूलो कसरत गर्दै आएका थियौ। त्यसमा आज हामीले सफलता हात पारेरै छाड्यौ। अमेरिकी सैनिकले लादेनको खोजीको लागि उल्लेखनीय कार्य गर्दै आएको छ। अमेरिकी सेनाले गुप्तचर संस्था सिआइए सँग समन्वय गरी पाकिस्तानको इस्लमावाद नजिकै लादेनलाइ मार्न सफल भएको हो। अल कायदा अमेरिकीहरुको मात्र नभएर समग्र विश्वकै खतरा हो। लादेनलाइ मारेर हामीले पाएको सफलताले आगामी दिनहरुमा हाम्रो हौसलालाइ अझ बृद्धि गरेका छौं। हामी अल कायदाको सम्पूर्ण संजाललाइ ध्वस्त पार्न कटिबद्ध छौं। उनी अन्तरराष्ट्रिय रुपमै आम हत्यारा हुन्। अल कायदाको भय विद्यमान रहेको अवस्थामा लादेेनको मृत्युले अमेरिका लगायत समग्र विश्वले शान्तिको शास फेरेको छ।

 

आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा बिन लादेन अमेरिकी स्थल सेनाको टुकडीले आइतबार गरेको कारवाहीमा मारिएका हुन्। अमेरिकी सेना र गुप्तचर संस्था सिआइए लादेनको खोजीको लागि सशक्त रुपमा लागि परेको थियो। मैले यसअघि राष्ट्रिय सुरक्षा दलसँग लादेनका सम्बन्धमा छलफल गरेको थिएँ। मैले लादेन कहाँ लुकेर बसेका छन् भन्ने पत्ता लगाउन आफ्नो प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको थिएँ। गत साता मात्र मैले लादेनलाइ जिउँदै समात्न वा मार्न गुप्तचर विभागका अधिकारीहरुलाइ पाकिस्तानी भूमिमा कारवाही गर्ने अधिकार दिएको थिए।

 

अन्ततः सो कारवाहीले सफलता पायो र लादेनले पाउनुपर्ने सजायाँ पाए। लादेन पाकिस्तानी भूमिमै रहेको आफूलाइ थाहा भएकोले लादेनविरुद्धको कारवाहीले सफलता पाएको हो। लादेनमाथि गरिएको कारवाहीमा मेरो प्रशासन एवं रक्षा र गुप्तचर संस्थाको सहयोगलाइ पनि म भुल्न सक्दिन। लादेनविरुद्धको कारवाहीमा कोही पनि अमेरिकी घाइते भएका छैनन्। लादेनको मृत्यु विश्व शान्तिको लागि उल्लेखनीय कदमको रुपमा रहेको विश्वास मैले लिएको छु।

images