आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर : अमेरिकी डलरको मूल्य लगातार वृद्धि,

 

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज पनि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। अमेरिकी डलरले दिनहुँ महँगो मूल्यको नयाँनयाँ रेकर्ड कायम गरिरहेको छ। हिजो पनि अमेरिकी डलरले सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको छ।

त्यसैगरी आज पाउन्ड, कुवेती, बहराइन दिनार, युरोसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ। तर अस्ट्रेलियन डलर भने सस्तिएको छ। हिजो पनि अस्ट्रेलियन डलरको मूल्य घटेको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०९ पैसा थियो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७६ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १६ पैसा थियो।

images

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९७ र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा थियो।

images

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ १५ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ९२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ २० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७९ पैसा थियो।

images

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

 

 

Nepal life insurance