नयाँ वर्ष २०२५ !

 

नयाँ वर्ष २०२५
———————–
सबैले भन्छन् नयाँ वर्ष
नयाँ खुसी कहाँ छ?
कुनै हर्ष छैन, खुसीयाली
देशका युवाहरु विदेशी खाड़ीतिर
ए राज्य , नयाँ भन्ने जोश कहाँ छ?

देशमा उही भ्रष्टाचारी
देशमा दलाल माफिया तस्करी
लुट, मारपिट, दलाली घुसखोरी
नारी हिंसा, विभेद उस्तै जताततै
न हिजो न्याय बोल्यो
न आज नै कुरा चल्यो राज्यमा
नेता धनी जनता गरीबी ,नयाँ वर्ष कहाँ छ?

राज्यको सम्पत्तिमा राज उस्तै
बिरामी पर्दा, विदेश जान्छन् भ्रष्टाचारी
नेता छैन देशमा शिक्षा स्वास्थ्य रोजगारी
पुरानै छ सोच, के नयाँ विकाश थप्छन्?
नेताको चाकडी चाप्लुसी देश नेपाल

देशका युवाभरी विदेशतिर
देशमा युवालाई छैन रोजगार
छैन भरपर्दो सरकार
दूर दराज छैन सिटामोल
जनता मर्छन् बिना उपचार

उस्तै छ अबस्था, उस्तै छ व्यवस्था
हासो नयाँ बन्ने हो कि, उही आँसु गहभरि
पुरानै भोकमरी, नयाँ पनि काण्ड सहकारी
यही रहेछ नयाँ, अझै नयाँ वर्ष भन्छ्न्!

विदेशमा गई पसिना बगाई
हुँदैन हाम्रो उन्नति,
स्वदेशमा नै पसिना र परिश्रम बगाउँदै,
नेपाल आमाको स्याहार–सुसार गर्दामा नै,
हुनेछ हामी सन्ततिको उन्नति, प्रगति, समृद्धि ।
नयाँ वर्ष २०२५ को शुभकामना।।

आरबी खड्का
सामाजिक कार्यकर्ता

#rbkhadka #highlight