मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे समान

 

सञ्जय मिश्रा 

रौतहट १८ पुस। रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्।

घटनाको समय प्रहरीले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन्। दिनभरी गाउँ गाउँ घुमेर भिक माग्ने र राती राती चोरी गर्ने गिरोह (घुमन्ते) गिरोहका ४  चोरलाई युवाहरुले पक्राउ गरी ईलाका प्रहरी कार्यालय बिजयपुरलाई बुझाएका छन ।

चोरलाई पछ्याई रहँदा ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन्। फतुवा विजयपुर– ६ पेटभर्वा गाउँका अच्छेलाल साहको घरमा बुधबार राती करिब १२ बजेको समयमा चोरहरूले सुरुङ खनेर घरभित्र रहेको पाँच वटा मोबाइल गरगहना र नगद २ लाख सहित ५  लाख बढीको सामान चोरेर लागेका थिए।

पीडित परिवारले फोन गरेर इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा कुनै वास्ता नगरेपछि गाउँको युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा पछ्याउँदै गएका थिए।

images

images

खोजी गर्दै जाँदा फतुवा गाउँछेउको मठ नजिक ४ जना चोरलाई युवाहरुले समातेका थिए।  चोरहरुको साथबाट चोरी भएको मोबाइलहरू गरगहना, नगद बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराउँदा त्यहाँबाट गएको टोली चारैजना चोरलाई बुझाएको स्थानीयहरू समाजसेवी राजकिशोर साहले बताएका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टी गरेका छन्। प्रवक्ता रायका अनुसार सुनको गरगहना, नगद र मोबाईल गरी जम्मा ८ लाख बराबरको सामानहरु चोरी गरी लगेको खवरको आधारमा आज बिहान साढे ३ बजे इप्रका  विजयपुरबाट सई ज्ञानेन्द्र कुमार ढकालको कमाण्डमा ९ जनाको टोलीले आरोपी ४ जना लाई नियन्त्रणमा लिएको थियो।

images

पक्राउ पर्नेमा मागीखाई जस्तो देखिने स्थायी ठेगाना नखुलेका बर्ष ६५ को रामायण नट, बर्ष ६० को लक्ष्मण नट, बर्ष ३५ को मनोज नट र बर्ष ३४ को सुनिल नट रहेको उनले बताए ।

उनीहरू बसेकै ठाउँबाट सानो मोबाईल (किप्याड) थान ६, ठुलो मोवाईल (टच स्क्रिन) थान ३ र चार्जर थान ३ समेत फेला परेको डिएसपी रायले जानकारी दिएका छन्। आरोपी चारैजना चोरहरु ईलाका प्रहरी कार्यालय विजयपुर नियन्त्रणमा लिएको घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आरोपहरु केही समय देखि फतुवा बिजयपुर ७ फतुवा गाउँ छेउमा त्रिपाल टाँगेर सपरिवार बस्दै आएका थिए। घरका महिला पुरुष दिनभरि गाउँ गाउँ घुमेर भिख माग्ने गरेका थिए। चारैजना चोर गाउँ गाउँमा घुमेर मागेर खाँदै हिँडेका घुमन्ते गिरोहका रहेको स्थानीयहरूले बताएका छन्।

Nepal life insurance

घुमन्तेहरुले यसरी चोरी गरेको यो पहिलो घटना होईन। यस अघि पनि यस्ता समूह कैयौं पटक चोरीको घटनामा समातिएका छन्।