सपथ लिनु १० दिन अघि ‘वेश्यागमन’ बारे अदालतले ट्रम्पलाइ सजायँ तोक्ने

 

वासिंगटन डिसी, २० पुस । संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनु अघि अमेरिकी अदालतले सजायँ सुनाउने भएको छ ।  ह्वाइट हाउसमा दोस्रो कार्यकालको सपथ लिनुभन्दा केही दिनअघि न्यूयोर्कको एक अदालतले फौजदारी अभियोगमा सजाय सुनाउने भएको हो ।

न्युयोर्कस्थित फौजदारी अदालतले  न्यायाधीश जुआन मर्चनले १८ पृष्ठ लामो लिखित निर्णय जारी गर्दै ट्रम्पलाई आफ्नो सजाय प्राप्त गर्न जनवरी १० मा व्यक्तिगत रूपमा वा प्रतिनिधिलाइ पठाएर सजायँ सुन्न आदेश दिएका छन ।

मर्चनले ट्रम्पको २०१६ को राष्ट्रपति अभियानको क्रममा गरिएको ‘हश मनी’ भुक्तानीको सम्बन्धमा झूटा कुरा गरेको अभियोग लागेको छ । उनको व्यापार रेकर्डमा ३४ वटा कारोबार शंकास्पद भएको खुलेको थियो ।

जनवरी २०२१ मा आफ्नो पहिलो कार्यकाल समाप्त भएदेखि ट्रम्पलाई धेरै कानुनी मुद्दा लागिरहेको छ । उनले सबै मामिलाहरूमा गल्ती अस्वीकार गरेका छन्।

तीमध्ये चारवटा आपराधिक अभियोगहरू थिए, एउटा कार्यालयबाट बाहिर हुँदा गोप्य कागजात लुकाएको, दोस्रो र तेस्रो सन २०२० को चुनावलाई उल्टाउने प्रयास गरेको र चौथो हश मनी भुक्तानी गरिएको भन्ने थियो ।

images

हश मनी मुद्दा वयस्क फिल्म कलाकार स्टर्मी डेनियललाई तिनी र ट्रम्पको सम्बन्ध रहेको आरोप लगाएपछि १ लाख ३० हजार अमेरिकन डलर दिएको बिषयमा केन्द्रित थियो।

images

आरोपीहरूले तर्क गरिरहेका छन कि  ट्रम्पले २०१६ को चुनावमा प्रेसबाट हुनसक्ने  हानीबाट जोगिनका लागि आफ्नो पूर्व वकिल माइकल कोहेनमार्फत गरिएको भुक्तानी लुकाउने प्रयास गरेको छन ।

चुनावसँगको सम्बन्धले कानुनी खतरालाई उनी माथी खतरा बढाएको छ, ‘यो सामान्यतया, व्यापार अभिलेख झूटा गर्नु भनेको दुराचार मात्र हो, तर ठगी गर्ने उद्देश्य अर्को सम्भावित अपराधसँग जोडिएको खण्डमा यो भयंकर अपराध हुन सक्छ’ मर्चनले भनेका छन ।

images

ट्रम्पले नोभेम्बरको राष्ट्रपतिको दौडमा पुनः चुनावको लागि आफ्नो सफल अभियानको क्रममा सजायलाई उल्टाउनु पर्ने जनाएका थिए । जनवरी २० को सपथग्रहण समारोह १० जनवरीमा उनी माथी सजायँ तोकिन लागेको हो ।

 

 

Nepal life insurance