आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर : अस्ट्रेलियन डलर, पाउन्ड, युरो र दिनारको मूल्य घट्यो

 

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहितका मुद्राको मूल्य भने आज घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति? :: सेतोपाटी संवाददाता  :: Setopati

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ।

अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ।

हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४० रुपैया ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ २३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०२ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ २९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा थियो।

images

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ३८ र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ  ६१ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ  ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा थियो।

images

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची: 

images