सन्धिखर्क १ द्वारा हल गोरु पाल्ने कृषकलाई पोत्साहन रकम प्रदान (तस्बिर सहित)

 

-सागर महत, माघ ८ सन्धिखर्क ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।

May be an image of 3 people and text

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका कार्यवाहक नगरप्रमुख मिश्रा आचार्यले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो ।केही क्षेत्रमा नयाँ प्रविधि भित्रिए पनि अझै गोरु पाल्ने परम्परा नहराएको कार्यवाहक नगरप्रमुख आचार्यको भनाइ छ ।

May be an image of 4 people and text

नगरपालिका भित्र रहेका १२ वटा वडा मध्ये सन्धिखर्क १ ले समय परिवेश अनुसार काम गरेको र सिंह दरबारको सरकार गाउँघरमा आएको पुष्टि भएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।

May be an image of 4 people, people studying and text

images

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका रकमले केहि भएपनि राहत पुगोस भनेर पहिलो चरणमा १८ जना कृषकलाई ५हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको वडा अध्यक्ष माधव श्रेष्ठले बताउनु भयो ।

images

May be an image of 4 people and text

पोत्साहन रकम पाउँदा कृषक निकै खुशी भएका छन ।यस्तै वडा कार्यालयले महिला स्वंयसेवीकालाई पोसाक समेत प्रदान गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

images

May be an image of 4 people and text

कार्यक्रम वडा अध्यक्ष माधव श्रेष्ठको अध्यक्षता वडा सदस्य बाबुराम पन्थीको स्वागत मन्तव्य वडा सचिव पुष्पा भुसालको संचालनमा सम्पन्न भएको हो ।

 

Nepal life insurance