विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३ जना अभियुक्त अर्घाखाँची प्रहरीको फन्दामा

 

-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची ।

माघ–७ अर्घाखाँची – विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ३ जना अभियुक्तलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट २०८० कार्तिक  २१ मा १ महिना ६ दिन कैद सजांय हुनेगरी शितगंगा–९, नयाँबस्तीका ३४ वर्षीय टोप बहादुर राना मगरको बिरुद्धमा फैसला भएकोमा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार प्रतिवादीलाई खोज्ने क्रममा अर्घाखाँचीबाट खटिएको प्रहरीले खड्कालाई माघ ४ गते नयाँबस्ती बाटै नियन्त्रणमा लिएको जनाएको छ । यस्तै सवारी ज्यान मुद्दामा नै जिल्ला अदालत अर्घाखाँचीबाट २०८० जेठ २१ मा २५ दिन कैद सजांय हुनेगरी छत्रदेव–७, अर्घाखाँचीका २० वर्षीय नवराज श्रेष्ठको बिरुद्धमा फैसला भएकोमा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार प्रतिवादीलाई खोज्ने क्रममा अर्घाखाँचीबाट खटिएको प्रहरीले श्रेष्ठलाई माघ ६ गते सन्धिखर्क–१, गुण्टेखोला बाट नियन्त्रणमा लिएको जनाएको छ । यता जिल्ला अदालत अर्घाखाँचीले नै २०८० मंसिर ११ मा १ महिना १५ दिन कैद र १० हजार जरिवाना हुने गरी रुपन्देहीको बुटवल उप–महानगरपालिका–८, श्रवणपथका २७ वर्षीय आशिष आचार्य विरुद्ध फैसला भएकोमा अवैधानिक गर्भपतन गराइदिएको मुद्दाका फरार प्रतिवादी आचार्यलाई प्रहरीले गत पौष २९ मा पक्राउ गरेको हो ।

images

प्रतिवादी तिनै जनालाई प्रहरीले जिल्ला अदालत अर्घाखाँचीको आदेश अनुसार कैद भुक्तानको लागि अर्घाखाँची कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

images

 अन्य समाचारहरु