इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी बामपन्थी नेतृ, बताइन जेलकाे कथा

 

गाजा, ९ माघ । इजरायली जेलवाट मुक्त हुनेमा एक प्यालेस्टाइनी बामपन्थी नेता पनि रहेकी छिन् ।

उनको नाम खालिदा जरार हो, जसले एक बर्ष देखी इजरायली जेलमा रहेकी थिइन । हमास र इजरायल बिच गत आइतवार देखी युद्बबिराम सम्झौता भए पछि इजरायली कब्जाबाट रिहा हुने पहिलो ९० जनाको लटमा परेकी थिइन् ।

उनले त्यहाँवाट फर्के पछि इजरायली जेलमा भएको घटनाको सविस्तार गरेकी छिन् । खासमा उनी प्यालेस्टिनी राजनीतिज्ञ, मानव अधिकार र नारीवादी कार्यकर्ता हुन ।

वामपन्थी पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइनकी नेता जरारलाइ २६ डिसेम्बर २०२३ देखि जेलमा राखिएकी थिइन् । उनलाई अगस्टबाट भने  इजरायलको रमला जेलमा एकान्त कारागारमा सारिएको थियो ।

जहाँ उनले आफूलाई २ मिटरको कोठामा राखिएको थियो । उनीलाइ राखिएको कोठा १.५ बर्ग मिटरको थियो ।

images

जरारले भनिन, ‘साँघुरो कोठा भित्र कुनै भेन्टिलेसन थिएन, जहाँ तापमान ४५ डिग्री सेल्सियस सम्म पुग्ने गरिएको थियो। पानी सामान्यतया काटिएको अवस्था थियो ।’

उनका अनुसार जेलमा हालेको पहिलो हप्ताको जेल यात्रामा उनलाइ खाना जानाजानी ढिलो दिएको थियो भने उनलाई जेलको कोठाबाट बाहिर निस्कन अनुमति समेत थिएन, उनले इजरायली सुरक्षाकर्मीको व्यवहार कठोर भएको पनि बताएकी छिन् ।

images

उनले भनिन, ‘खासमा मैले शारीरिक र मानसिक दुबै रूपमा यातनापुर्ण समय कटाए, जो म जीवनमा कहिल्यै भुल्न सक्दिन् ।’  जेल भित्र जाँदा छाडेको प्यालेस्टाइन र जेलमुक्त भएको प्यालेस्टाइन देखेर आँशु रोक्नसमेत नसकेको जनाइन् ।

images

‘जेलबाट मुक्त हुदाँ त खुसी हुनु पर्ने हो नि तर जेलवाट निस्केर प्यालेस्टाइनी भुमी देख्दा निकै बेर स्तब्ध भएँ, कस्तो प्यालेस्टाइन कस्तो भएछ ? यो निकै भयाबह र भावुक दृश्य हो,’ उनले भनिन् ।

 

 

Nepal life insurance