विगेन नेपालको अर्घाखाँची शाखा सन्धिखर्कमा शुरु , कोरियन थेरापिबिधिबाट उपचार गर्ने (तस्बिर सहित )

 

-रुद्रमणी भुसाल ,अर्घाखाँची ।

अर्घाखाँची – विगेन नेपालको अर्घाखाँची शाखा आजबाट सन्धिखर्कमा उदघाटन भएको छ ।

कोरियन थेरापिबिधिबाट उपचार गर्ने छ । बिगेन नेपालको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र बिगेन नेपालका संस्थापक प्रकाश श्रेष्ठले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो।

कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बिगेन नेपाल थर्मल थेरापीको पहिलो र महत्वपूर्ण फाइदा भनेको स्वास्थ्य सुधार र स्वास्थ्य सचेतना नै भएको बताउनुभएको छ।

May be an image of 9 people, lighting, dais and text

images

उहाँले निःशुल्क यस्तो खालको कोरियन थेरापी आम नागरिकलाई प्रदान गर्दा न्यून आर्थिक स्रोत भएका नागरिकहरुले पनि स्वास्थ्य को पहुँचमा रहेकोे महसुस गर्ने बताउनु भयो ।

images

May be an image of 7 people, dais and text

कार्यक्रममा संस्थापक नगर प्रमुख कमलप्रसाद भुसालले थर्मल थेरापी को माध्यम बाट प्यारालाइसिस मेरुदण्ड तथा नसा च्यापिएको हारजोर्ने बाद तथा युरिक एसिड उक्त रक्तचाप र मधुमेह भएका बिरामीहरुलाई पनि सेवा दिने भएकाले अत्यन्तै प्रभावकारी भएको बताउनुभयो ।

images

May be an image of 7 people, dais and text

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सह महामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले यस्तो निःशुल्क सेवाले अर्घाखाँची बासीलाई निकै फाइदा भएको हुने बताउनु भयो ।

May be an image of 5 people and dais

बिगेन नेपाल संस्थालाई अर्घाखाँचीका स्थानीय तहहरूले पनि समन्वय गरेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

Nepal life insurance

May be an image of 2 people, cupcake, crowd and text

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल त्यसैगरी नेकपा एमालेका तथा समाजबेबी रामचन्द्र पोखरेल, माओवादी केन्द्रका टोपबहादुर बलाल राष्ट्रिय मोर्चाका पशुपति ढकाल, सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष माधव श्रेष्ठ , नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रुद्रमणि भुसाल , सन्धिखर्क पोलिक्लिनिकका राजेन्द्र श्रेष्ठ, अम्बिका श्रेष्ठ, रोज श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो।

May be an image of 9 people, lighting, dais and text

विभिन्न राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि त्यसैगरी स्थानीय लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठले गर्नुभएको थियो।

 

May be an image of 9 people, dais and text