सालझण्डी–ढोरपाटन सडक: हिउँदमा धुलो, बर्खामा हिलो जनता आक्रोशित , छैन समन्धित निकायको ध्यान (तस्बिर सहित)

 

-बसन्त बहादुर खड्का, अर्घाखाँची डट्कम। 

सन्धिखर्क ,अर्घाखाँची:  गच्छे देखि चुत्राबेसी बजार जोड्ने सालझण्डी–ढोरपाटन सडकको अवस्था अत्यन्तै दयनीय , जिर्ण बनेको छ।  हिउँदमा सडकको धुलोले यात्रुलाई अत्यधिक कठिनाइँमा पार्दछ भने, बर्खामा हिलोका कारण सडक पार गर्नु असम्भव जस्तो स्थिति हुन्छ।

May be an image of road

स्थानीय बासिन्दा र यात्रीहरू यस मार्गमा यात्रा गर्दा प्रत्येक मौसममा गम्भीर समस्यामा परेका छन्। वर्षौंदेखि स्थानीय बासिन्दा राम्रो सडकको माग गर्दै आएका छन्। उनीहरूका अनुसार, बर्षाको समयमा हिलोले सडक पार गर्न गाह्रो हुन्छ भने हिउँदमा धुलोका कारण यात्रा जोखिमपूर्ण बन्न पुग्छ।

यद्यपि, सरोकारवाला निकायले यतिका वर्षसम्म यस समस्यामा कुनै ध्यान दिएको छैन। “हामीले निकै पटक सडक मर्मत र कालोपत्रे गर्न माग गरेका छौं, तर सम्बद्ध निकायले कुनै चासो देखाएन,” एक स्थानीयवासीले भने।

May be an image of road

images

सडकको अवस्था यति गम्भीर बनिसकेको छ कि यात्रुहरू प्रत्येक यात्रामा सास्ती भोगिरहेका छन्। मोटरसाइकल र गाडीका पाङ्ग्रामा घामको धुलो र वर्षामा गहिरो हिलो अड्किन्छ। यसले यातायातका साधनको कामकाजमा समस्या ल्याउँछ र दैनिक यात्रा गर्ने सामान्य मानिसहरूको जीवनमा ठूलो प्रभाव पारिरहेको छ।

May be an image of grass, road and fog

images

स्थानीय बासिन्दाहरूले अब कडा प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइ छ, “यदि सडकको मर्मत र कालोपत्रे गर्ने योजना तत्काल कार्यान्वयन नगरेको खण्डमा, हामी आन्दोलनको सहारा लिन बाध्य हुने छौं।” यस मुद्दामा प्रशासन र जनप्रतिनिधिहरूको ध्यान जान जरुरी देखिन्छ।

images

यसैबीच, सडकको समस्याबाट विद्यार्थीहरू पनि प्रभावित भएका छन्। उनीहरूले यस सडकको दयनीय अवस्थाबाट प्रभावित भएर, आफ्नो अध्ययन र विद्यालय जानाजानमा कठिनाइ भोगिरहेका छन्।

May be an image of road

विद्यार्थीहरूले भनेका छन् कि हिउँदमा धुलो र बर्खामा हिलोका कारण विद्यालय जान अत्यन्तै गाह्रो हुन्छ। खासगरी, बडो हताश जनक अवस्था भएको यस सडकले विद्यार्थीहरूको सुरक्षामा समेत प्रश्न उठाएको छ। “हामीलाई हरेक दिनको यात्रामा जोखिम बेहोर्नु पर्छ।

विद्यालय जानको लागि हाम्रा शिक्षक र साथीहरूलाई पनि समयमै जान कठिन भइरहेको छ। यदि सडकको अवस्था सुधार्न कदम चाल्न ढिलाइ गरियो भने हामी आन्दोलनमा सामेल हुने तयारीमा छौं,” एक विद्यार्थीले भने।

Nepal life insurance

यसरी, स्थानीय बासिन्दा र विद्यार्थीहरूको आवाज एकजुट हुँदै गएको छ। उनीहरूको दाबी छ कि यस समस्यामा प्रशासन र जनप्रतिनिधिहरूको उपेक्षाले नागरिकको अधिकारको उल्लंघन भइरहेको छ। अब, प्रशासन र जनप्रतिनिधिहरूले यस विषयमा के कदम चाल्ने हो भन्ने प्रश्न उठ्न थालेको छ।

सडक सुधार र मर्मतका लागि आवश्यक बजेट र योजना कार्यान्वयन गर्ने जिम्मेवारी सरकार र प्रशासनको हो। यदि यति लामो समयसम्म पनि यसमा सुधार आउन सकेन भने, यो सन्देश स्पष्ट हुन्छ कि सरकार र प्रशासनले स्थानीयहरूको चासो र समस्यालाई गम्भीरतापूर्वक लिएको छैन।

May be an image of road

अब, स्थानीय बासिन्दाहरूको आवाज प्रबल हुँदै गएको छ। उनीहरूले चेतावनी दिएका छन् कि यदि यस सडकको अवस्था सुधार्न कुनै कदम चालिँदैन भने, उनीहरूले आन्दोलनको बाटो समात्ने तयारी गरेका छन्। यसका लागि प्रशासन र जनप्रतिनिधिहरू को ध्यान जानुपर्ने देखिन्छ।