हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हडताल घाेषणा

 

ढाका, १८ माघ । बंगलादेशमा हिंसात्मक आन्दोलनपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग बंगलादेशको राजनीतिमा फेरि सक्रिय हुन थालेको छ ।

अवामी लिगले युनुसु सरकारविरुद्ध निरन्तर आन्दोलनको घोषणा गरेको छ । जुन फ्रेबुअरी १ वाट सुरू हुनेछ ।

बंगलादेशमा हिंसात्मक विद्यार्थी आन्दोलन पछि शेख हसिना प्रधानमन्त्री पद त्यागेर भाग्न बाध्य भएकी थिइन् । त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार चलिरहेको छ । युनुस सरकारको पालामा शेख हसिना र उनको पार्टी अवामी लिगका नेताहरु विरुद्ध लगातार मुद्दा दर्ता हुँदै आए पछि सो पार्टी आन्दोलनमा उत्रिएको हो ।

हालै अन्तरिम सरकारका एक सल्लाहकारले अवामी लिगलाई चुनाव लड्न नदिने बताएका थिए भने भारतमा रहेकी शेख हसिनाले आफ्ना समर्थकहरूलाई भर्चुअल माध्यमबाट निरन्तर सम्बोधन गर्दै चुनाव लडने नदिने योजनाको बिरोध गरिरहेकी छिन् ।

अवामी लिगले मोहम्मद युनुस नेतृत्वको सरकारलाई सिधै चुनौती दिने भए पछि स्थितिमा बदलाव आउन सक्ने जनाइएको छ । अवामी लिगले बंगलादेशमा बन्दको आह्वान गरेको छ । उसको कार्यक्रम फेब्रुअरी महिनाभर चल्नेछ। युनुस सरकारको राजिनामाको माग गर्दै फेब्रुअरी १८ मा बंगलादेशभर हडतालको आह्वान गरिएको जनाइएको छ ।

images

पहिलो आलोको रिपोर्ट अनुसार अवामी लिगले फेब्रुअरी १ ​​देखि बंगलादेशको राजनीतिमा सक्रिय रूपमा पुनः प्रवेश खोजिरहेको छ । फ्रेबुअरी १ गतेदेखि कार्यक्रमको पर्चा वितरण गरिने छ भने फ्रेबुअरी ६, १० र १६ मा पनि निरन्तरता पाउनेछ ।

images

तर, युनुस सरकारले यसप्रति कडा प्रतिक्रिया दिएको छ । प्रेस सचिव शफिकुल आलमले अवामी लिगको झण्डा बोकेर गैरकानूनी रूपमा विरोध गर्ने जोसुकैले कानुनको सामना गर्नुपर्ने बताएका छन । सुरूमा उनले भनेका थिए, ‘बंगलादेशमा अब अशान्ति र हिंसा गर्ने मौका दिइने छैन।’ तर, अवामी लिगलाई दिइएको यो चेतावनीको गलत अर्थ लागे पछि सच्चाउँदै शफिकुल आलमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तरिम सरकारले पदभार ग्रहण गरेदेखि नै कुनै पनि वैधानिक आन्दोलनलाई रोकेको छैन । हामी भेला र संघको स्वतन्त्रतामा विश्वास गर्छौं।’

images

हसिना सरकारको पतन र मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएलगत्तै अवामी लिगको विद्यार्थी संगठन, छाल लिगमाथि प्रतिबन्ध लगाइएको थियो । तर, अवामी लिगलाई भने अहिलेसम्म प्रतिबन्ध लगाइ सकिएको छैन् ।