भूमिकास्थान-रुपन्देही समाजको रक्तदान, १०७ युनिट रगत संकलन (तस्बिर सहित)


 

-टेकराज भुसाल

बुटवल । अर्घाखाँची भूमिकास्थान-रुपन्देही सम्पर्क समाजको आयोजनामा शनिवार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 8 people and text

May be an image of 11 people and text

बुटवल बेलवासमा रहेको अर्घाखाँची पाटी प्यालेसमा भएको रक्तदान कार्यक्रममा १०७ जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमकाे शुभारम्भ बुटवल १३ का कार्यवाहक वडाध्यक्ष लालबहादुर गुरुङले गर्नुभएको थियोे।

May be an image of 11 people and text

त्यस अवसरमा गुरुङले रक्तदान जस्तो मानवीय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गर्दै सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गर्नु भयो।

images

May be an image of 8 people and hospital

May be an image of 4 people and text

images

समाजका अध्यक्ष लक्ष्मण बेल्वासेले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले निरन्तरता दिने बताउनुभयाे । उहाँले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको बताउनु भयाे।

 

images