भैरहवा १८ जेठ । कालिका युवा परिवार तथा श्रेष्ठ स्नुकर एण्ड पुल हाउस भैरहवाको सयुक्त आयोजनामा प्रथम सानमिगेल खुल्ला जिल्ला स्तरिय स्नुकर प्रतियोगिता सँम्पन्न भएको छ । प्रतियोगितामा बिजय थापा प्रथम भएका छन । उनले दश हजार नगद र प्रशँशा पत्र जितेका छन ।
त्यसैगरी अशोक क्षेत्री उपबिजेता भई चार हजार नगद प्राप्त गरेका छन । हाईऐस्ट ब्रेकर बिरेन शाक्यले एक हजार नगद प्राप्त गरेका छन । बिजेता खेलाडीलाई कालिका युवा परीवारका अध्यक्ष दिपक रानाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा रुपन्देही जिल्लाका ४० जना खेलाडीको सहभागिता रहेको कार्यक्रम सँयोजक प्रानेश कुमार चौधरीले जानकारी दिए ।