प्रचण्डद्दारा गुल्मिमा हेलिप्याड र पिस पार्कको उदघाटन् (तस्बिर सहित)

 

तम्घास, १ फागुन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेेका छन्। बिहीबार मालिका गाउँपालिकाको वडा नम्वर ४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गरेका हुन्।

May be an image of 9 people and temple

सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरिएको छ ।

May be an image of 9 people and temple

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा  स्थानीय नागरिकहरुको  उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताए ।

देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याड भन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै  हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे।

images

May be an image of 6 people and text

images

दोस्रो पटक गुल्मी आएका प्रचण्डको उपस्थितिले  यहाँका नागरिकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त भएको यहाँका स्थानीयहरुको भनाइ छ ।

May be an image of 6 people and text

images

पालिका भित्र निर्माण गरिएका विकास निर्माणका कार्यहरुलाई जनप्रतिनिधि तथा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले प्रत्यक्ष साक्षत्कार गराएका हुन् । केही समय पछि प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै छन्।

May be an image of 5 people

त्यस पश्चात प्रचण्डले आजै  धुर्कोट गाउँपालिकामा निर्माण भएको शहिद पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

Nepal life insurance