सलमानमा लगानीकर्ता अनिच्छुक, एटलीकाे ५०० करोडका फिल्म कन्फ्युजमा

 

मुम्बई, १ फागुन । बलिउड सुपरस्टार सलमान खान र निर्देशक एट्लीलाई प्रस्तुत गर्ने भनिएको सबैभन्दा महंगो फिल्म बजेट समस्यामा परेको छ ।

निर्देशक एट्लीले दुई नायकको मेगा फिल्मको लागि सलमान खानसँग सहकार्य गर्ने लगभग पक्का भए पनि निर्मताहरू भने सलमानका लागि एटलीले सोचेको रकम हाल्न अनिच्छुक देखिएका छन्। शीर्षक विहीन सो परियोजनाका बारेमा अहिले धेरैको लागि प्रि पोडक्सनको काम भइरहेको जनाएएको छ ।

पिपिङमुनको पछिल्लो रिपोर्ट अनुसार यो प्रोजेक्ट नआउन सक्छ किनभने यो रिपोर्ट गरिएको थियो कि एटलीले ५०० करोडको ठूलो बजेटमा फिल्म बनाउन कोशिस गरिरहेका छन ।

तर एटलीको ठुलो स्तरको एक्शन ड्रामा फिल्लममा फन्ड गर्न इच्छुक निर्माता भेटिएका छैनन तर खोजीको संघर्ष भने जारी राखिएको छ । जुन फिल्ममा सलमानका साथै सुपरस्टार रजनीकान्त पनि हुन सक्ने जनाइएको छ।

एटलीले जियो स्टुडियोसँग कुराकानी गरेको भनिएको छ तर निर्माताहरू यस समयमा सलमानको फिल्ममा यति ठूलो रकम लगानी गर्न हिचकिचाइरहेका छन्  किनभने उनका हालैका फिल्महरूले बक्स अफिसमा प्रायः कमजोर प्रदर्शन गरेका थिए ।

images

तमिल गेन्ट सन पिक्चर्सले पनि सलमानको नेतृत्वमा रहेको प्रोजेक्टमा आर्थिक सहयोग गर्न आफू इच्छुक नभएको स्पष्ट पारेको छ । जसका कारण एट्लीले अब सुपरस्टार अल्लु अर्जुनसँग वार्ता सुरु गरेको जनाइएको छ । मेगा बक्स अफिसको ब्लकबस्टर पुष्पः२– द रुलका अभिनेतामा भने निर्मताहरू इच्छुक हुन सक्छन् ।

images

यो फिल्मको नेतृत्वका लागि अल्लु अर्जुन नै पहिलो रोजाइमा रहे पनि केही कारणले पछि हटेको उल्लेख गरिएको छ । अभिनेता अब एटलीसँग सहकार्य गर्न उत्सुक छन् र यो जोडीले छिट्टै स्क्रिप्ट कथाको लागि भेट्ने छन्। सन पिक्चर्स पनि तेलुगु सुपरस्टारसँग निर्माण गर्न तयार रहेको जनाइएको छ ।

images

 

 

 

Nepal life insurance