लोकतान्त्रिक मगर संघ नेपाल सिद्धार्थनगरको प्रथम अधिवेशन भैरहवामा समपन्न , पृथ्वी मगर अध्यक्षमा निर्वाचित

 

प्रेरणा नेपाली । भैरहवा, फागुन ०४ । लोकतान्त्रिक मगर संघ, नेपाल सिद्धार्थनगरको प्रथम अधिवेशन शनिबार भैरहवामा समपन्न भएको छ । अधिवेशनले अध्यक्षतामा पृथ्वी मगरलाई निर्वाचित गराएको हो । यसैगरी अधिवेशनले उपाध्यक्षमा यान बहादुर थापा, सचिवमा रितु सारु, स–सचिवमा दल बहादुर थापा, कोषाध्यक्षमा कौशल्या थापा, सदस्यहरु संजय राना, जनक राना, मान बहादुर थापा, लाल बहादुर थापा, सुनिल थापा, दिल बहादुर थापा, दुन बहादुर थापा, शिशिर पुन, रुद्र थापा, गिता थापालाई नयाँ कार्यसमितिमा चयन गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा ने।क।पा एमाले का पोलिटव्युरो सदस्य तथा क्षेत्र नं. ३ का इन्चार्ज खिमलाल भट्टराईले मगरहरु हाम्रो देशको आदिवासी जनजातिको समुदाय हो, यो समुदायको गौरवपूर्ण इतिहास रहेको र नेपाल बनाउने संदर्भमा मगर समुदायको एतिहासीक योगदान रहेको बताएका छन । यसका भाष, संस्कृती, भेषभुसालाई जोगाएर लैजानु पर्ने उनले बताए । यसैगरी उनले नेपालमा अधिकांस राम्रा कार्य तथा बिकासका कामहरु एमाले ले गरेको बताएका छन ।

प्रदेश अध्यक्ष नवीन थापाले पद तथा गोपनियता सपथ ग्रहण खुवाएका हुन् ।

लोकतान्त्रिक मगर संघ, नेपाल सिद्धार्थनगरका नव निर्वाचित अध्यक्ष पृथ्वी मगरले आफुलाई फुलको थुङ्गा टिपे जसरी दिइएको जिम्मेवारी प्रति आफुले सके सम्म मगर समुदायलाई अगाडि बढाउने बताउनु भयो ।

साथै संगै निर्वाचि हुनुभएका अन्य १४ जनालाई पनि आ–आफनो जिम्मेवारी सहि तरिकाले निर्वाह गर्न पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा ने।क।पा एमाले का पोलिटव्युरो सदस्य तथा क्षेत्र नं. ३ का इन्चार्ज खिमलाल भट्टराइको प्रमुख आतिथ्यता तथा मगर लोकतान्त्रिक मगर संघ नेपाल लुम्बिनी प्रदेश सदस्य गुमानसिंह सारु मगर अध्यक्षता रहेको थियो ।

images

यसैगरी, ने।क।पा एमाले का केन्द्रिय निर्वाचन आयोग सदस्य भरत पोखरेल, ने।क।पा एमाले लुम्बिनी प्रदेश सदस्य तथा नगर इन्चार्ज हरि प्रसाद अधिकारी, ने।क।पा एमाले लुम्बिनी प्रदेश सदस्य तथा बुटवल उपमाहानगरपालिका इन्चार्ज गोपाल राना, ने।क।पा एमाले लुम्बिनी प्रदेश सल्लाहकार लक्ष्मी कोइराला, ने।क।पा एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थी, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल केन्द्रिय सदस्य उमेश थापा, नविन थापा, कुमार थापा, संजिव थापा, हिरु राना, विना थापा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा रितु सारूले स्वागत मन्तव्य राख्नु भएको थियो भने सरोज ठकुरी द्वारा कार्यक्रमको संचालन गरिएको थियो ।

images

 

images