

काठमाण्डौ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माणधिन शर्ट चलचित्र “टेक्नोलोजी शिक्षा’’ को नाम सार्वजनिक गरियो।शर्ट फिल्म ‘टेक्नोलोजी शिक्षा’’को कथा निर्देशक नब राज शर्मा आफैले लेखेका हुन् भने यस शर्ट फिल्मलाई नब राज शर्माले निर्देशन गर्ने भएका छन्।

म्युजिक भिडियो मा नृत्य निर्देशकको रुपमा आफ्नो पहिचान बनाएका शर्माले ‘”टेक्नोलोजी शिक्षा’’बाट शर्ट फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । उनलाई संगीत विकल्पले निर्देशनमा साथ दिने निर्माण पक्षले जनाएको छ।


एन आर एस क्रियसन ब्यानरमा निर्माण हुने ‘टेक्नोलोजी शिक्षा’ का निर्माता संगीत विकल्प हुन भने कार्यकारी निर्माता धिरेन गजमेर रहेका छन्। शर्ट फिल्म ‘टेक्नोलोजी शिक्षा’ले अहिले को सबै भन्दा आएको विद्यार्थीको समस्या जस्तै पढाइ भन्दा टेक्नोलजी मा बढी बेस्ट र पढाइ मा शून्य क्रियाकलाप रहेको र यो समस्याको समाधान यस शर्ट फिल्म बाट सन्देश दिने कार्यकारी निर्माता गजमेरको भनाईछ । गजमेरले यो भन्दा पहिला म्युजिक भिडियो हरु निर्माण गरिसकेका छन् ।

आगामी चैत्रको दोस्रो साताबाट छायांकन सुरु गरिने यस शर्ट फिल्मका लागि कलाकारहरु छनौट भइरहेको छ। शर्ट फिल्ममा श्रीराम पोख्रेल ‘ विशाल ‘को छायांकन रहने छ।



