आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर

 

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३६  पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा, युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

यस्तै यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ २३ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क १ को खरिददर १५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९८ पैसा तय गरिएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा, सिंगापुर डलर १ को खरिददर १०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर ०९ रुपैयाँ २२ पैसा र बिक्रीदर ०९ रुपैयाँ २६ पैसा, चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, यूएई दिराम १ को खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्री दर ३१ रुपैयाँ ३७  पैसा तोकिएको छ।

त्यस्तै साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ०९ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर १ को खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ।

images

राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८७ पैसा, कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ २० पैसा र बिक्रीदर ४५० रुपैयाँ १५ पैसा, बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७३ पैसा र ओमनी रियाल १ को खरिददर ३५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९४ पैसा तोकेको छ।

यस्तै भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ।

images

तर यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

images

हेर्नुहोस् विनिमय दरको सूची

 

Nepal life insurance