आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर : धेरैजसो विदेशी मुद्राको मूल्य बढ्यो

 

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा, युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९१ पैसा कायम गरिएको छ।

स्विस फ्र्याङ्क १ को खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७४ पैसा तय गरिएको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर ०९ रुपैयाँ २१ पैसा र बिक्रीदर ०९ रुपैयाँ २५ पैसा, चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार थाई भाट १ को खरिददर ०४ रुपैयाँ १२ पैसा र बिक्रीदर ०४ रुपैयाँ १४ पैसा, युएई दिराम १ को खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्री दर ३१ रुपैयाँ ४७ पैसा तोकिएको छ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ०९ रुपैयाँ ७१ पैसा, स्विडिस क्रोनर १ को खरिददर १३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर १ को खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ५० पैसा, बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९७ पैसा र ओमनी रियाल १ को खरिददर ३५९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १७ पैसा तय गरिएको छ। यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख छ।

सूचीमा हेर्नुहोस् शनिबारको विनिमय दर