विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा फिलिपिन्सका जुर्ने बालाविंग, अव खगेन्द्र थापामगरले गिनिज वर्ल्ड उपाधी गुमाए

काठमाडौ  – विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा फिलिपिन्सका जुर्ने
बालाविंगलाई गिनिज वर्ल्ड रेकर्डले ओपचारिक रुपमा घोषणा गरेको छ ।

अव नेपाली खगेन्द्र थापामगरले उक्त उपाधी गुमाएका छन् । अव उनी नेपालका सबैभन्दा
होचा ब्यक्तिका रुपमा रहने छन् । बालाविंग आइतवार नै १८ वर्ष पुगेका हुन् । उनको
उचाइ २४ इञ्च र उठ्दा २३ इञ्च र पाँच केजी तौल रहेको छ ।

यसअघिका रेकर्डधारी नेपाली खगेन्द्रको उचाइ २६ दशमलव ४ इञ्च रहेको छ ।
बालाविंगलाई विश्वका सबैभन्दा होचा घोषणा गरिएको जानकारीका लागि http://www.guinnessworldrecords.com/
जानोस् ।