नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार अब धेरै अगाडि नजाने बताएका छन्।




काठमाडौं, चैत ६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार अब धेरै अगाडि नजाने बताएका छन्।
बुधबार दिउँसो बाराको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको दाबी गर्दै अब धेरै अगाडि नजाने बताएका हुन्।

‘त्यो टिक्ने र चल्ने वाला छैन। यसको जन्म नै अप्राकृतिक तरिकाले भएकाले यो धेरै अगाडि जाने कुरा छैन,’ उनले भने।
अध्यक्ष प्रचण्डले सरकारले कुलमान घिसिङलाई हटाउन नसक्ने पनि बताए।


जसले अँध्यारो नेपाललाई उज्यालो नेपाल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका व्यक्तिलाई सताउने, ह्युमिलेट गर्ने, चिथोर्ने, कोपर्ने तथा जे पनि गर्ने कोशिस यो सरकारले गरेको उनले बताए।
तर पार्टी र नेपाली जनताले सत्य र न्यायको पक्षमा दरोसँग आवाज उठाएको अब त्यो स्थिति नरहेको उनले बताए।
‘जति चिथोरे पनि कोपरे पनि कुलमानलाई हटाउन सक्ने स्थिति अब छैन। त्यहाँको जनताको जित भयो हामी सबैको जित भयो,’ उनले भने।



