
मुम्बई – बलिउड स्टार तथा पूर्व मिस वर्ल्ड ऐश्वर्या रायले गर्भवती भएपछि काम गर्दै गरेको फिल्मको सुटिङ रोकेको निर्माताहरुले बताएका छन्। उनी हाल ‘हिरोइन’ फिल्ममा काम गर्दै थिइन्।
३७ वर्षीया ऐश्वर्या गर्भवती भएको खबर गत साता उनका ससुरा अमिताभ बच्चनले ट्विटर र ब्लगमार्फत् सार्वजनिक गरेका थिए।
उनका पति ३५ वर्षीय अभिषेक बच्चन हुन्।



