
– कृष्ण खनाल
बुटवल १९ असार । सिप सिकौ आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ बुटवल नगरपालीका सहयोगमा पश्चिमााचल अपाङ्ग पुर्नस्थापना केन्द्र को आयोजनामा ५ दिने मैन बती बनाउने तालिम सुरु भएको छ । अपाङ्गता भएका व्यक्तिहरु र तिनका अभिभावकहरुलाई लक्षीत गरेर संचालन भएको तालिम यहि असार २३ गते सम्म चल्नेछ । तालिमको आईतवार एक कार्यक्रमका विच बुटवल नगरपालीका सामाजिक साखा अधिकृत दामोदर ज्ञावालीले उद्घाटन गरे ।

केन्द्रका अध्यक्ष नेत्र लाल राणाको सभापतित्वमा भएको कार्यक्रममा नया जिवनका लागी हातेमालो बुटवलकी सुपरभाईजर मनु पाण्डे राष्ट्रिय अपाङ्ग महासंघ क्षेत्रीय कार्यालय बुटवलका कार्यक्रम संयोजक अर्जुन तामाङ्ग केन्द्रकी सचिव पार्वती पाण्डे लगाएतले बोलेका थिए । केन्द्रकी पुष्पा बिकको संचालनमा कार्यक्रम भएको कार्यक्रमका बोल्ने बक्ताहरुले आफुले सिकेको सिप व्यवहारमा उतार्नु पर्ने कुरामा जोड दिएका थिए ।




