पाकिस्तानी राष्ट्रपति जरदारी अचानक अस्वस्थ्य, गरियो अस्पताल भर्ना

 

इस्लामबाद, २० चैत । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अचानक बिग्रिएको छ । त्यसपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको छ ।  एक्सप्रेस ट्रिब्युनको रिपोर्टका अनुसार ६९ वर्षीय जरदारीलाई ज्वरो र संक्रमण भए पछि कराँचीबाट करिब ३०० किलोमिटर टाढा नवाब शाह अस्पतालमा ल्याइएको हो ।

रिपोर्टमा भनिएको छ कि पाकिस्तानी राष्ट्रपतिको धेरै मेडिकल परिक्षण गरिएको छ र डाक्टरहरूले उनको स्वास्थ्यको नजिकबाट निगरानी गरिरहेका छन्।

पाकिस्तानको सरकारी समाचार एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) ले पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफलाई फोन गरी राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अवस्था बारे सोधपुछ गरेको र उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताएको छ। पाकिस्तानी समाचार आउटलेटहरूका अनुसार कराँचीबाट करिब ३०० किलोमिटर टाढा नवाबशाह अस्पताल वरपर कडा सुरक्षा व्यवस्था गरिएको छ।

यसैबीच राष्ट्रपतिको सुरक्षालाई ध्यानमा राखी अस्पतालमा कानुन बमोजिम सुरक्षाकर्मी परिचालन गरिएको छ । यसबाहेक अस्पताल परिसरमा अनाधिकृत व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ ।

images

उल्लेखनीय छ कि हालैका वर्षहरूमा पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले धेरै पटक स्वास्थ्य चिन्ताको सामना गर्नु परेको छ। पाकिस्तानको स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी राष्ट्रपति सोमबार अर्थात ३१ मार्च वाबशाहको जरदारी हाउसमा इद–उल–फित्रको नमाज पढ्न गएका थिए ।

 

images