दलहरुले कुर्ची र दलगत स्वार्थ त्याग्नु पर्ने मन्त्री टोपबहादुर रायमाझीको भनाई

– प्रेमनारायण आचार्य

अर्घाखाँची २३ असार । भौतीक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले दलहरुले कुर्ची र  दलगत स्वार्थ त्यागेर शान्ति सहमति र संबिधानको लागि जस्तो सुकै मुल्य पनि चुकाउनु पर्ने बताउनु भएको छ  ।

उहाले अहिलेको प्रमुख काम भनेको थप गरिएको समयमा शान्ति प्रकृया निष्कर्षमा पुराएर संबिधान निर्माण गर्नु भएकाले दलहरुले कुर्ची र दलगत स्वार्थ त्यागेर संबिधान निर्माणलाई पहिलो प्राथमिकता दिनु पर्ने बताउनु भयो । 

युबा बर्ष जनात रबि चित्र माबि हटारीनेटाको २६ औ बार्षिक उत्सब समारोहमा माओबादी स्थायी समिति सदस्य समेत रहेका मन्त्री रायमाझीले यस्तो बताउनु भएको हो । 

मन्त्री रायमाझीले यस बर्षको बजेटले अर्घाखाँचीको अर्घा धरम्पानीमा बन्ने हवाई मैदानलाई सम्बोधन गर्ने बताउनु भयो । 

कार्यक्रममा स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल बिद्यालयका प्रधनाध्यापक प्रेमनारायण भुसाल  एकिकृत माओवादीका चन्द्रबहादुर खड्का  नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य एमालेका रामबहादुर चौहान  राजमोका गोपाल पौडेल  बिद्यालय ब्यबस्थापन समितिका सदस्य हरिप्रसाद दमासे पुर्ब बिद्यार्थी माधब खनाल लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षता  शिक्षक सपना सुन्दरको संचालन र रमा खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

     

अन्य समाचारहरु