आईपीएल: मुम्बईलाई पराजित गर्दै बैग्लोर अंक तालिकाको तेस्रो स्थानमा

 

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैग्लोर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।  सोमबार राति भएको खेलमा बैग्लोरले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९ रन मात्र बनाउन सक्यो।

मुम्बईलाई कम स्कोरमा रोक्न क्रुनाल पाण्ड्याले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा ४५ रन खर्चे।

Nepal life insurance

यश दयाल र जोस हज्लेवुडले समान २ विकेट झारे। भुवनेश्वर कुमारको नाममा एक विकेट रह्यो।

आईपीएल: मुम्बईलाई पराजित गर्दै बैग्लोर अंक तालिकाको तेस्रो स्थानमा

मुम्बईका लागि तिलक वर्माले बनाएको ५६ रन नै सर्वाधिक रह्यो। कप्तान हार्दिक पाण्ड्याले ४२ रन थपे। सुर्यकुमार यादवले २८ र विल ज्याक्सले २२ रन बनाए। ओपनर रोहित शर्मा र रायन रिकेल्टोनले समान १७ रन बनाए।

त्यसअघि मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बैग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २१ रनको योगफल तयार पारेको थियो।

बैग्लोरका लागि विराट कोहलीले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ४२ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

प्लेयर अफ दि म्यान समेत बनेका कप्तान रजत पाटिदारले ६४ रन थपे। उनले ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। जिेतश शर्मा ४० रनमा अविजित रहे। देवदुत पाडिक्कलले ३७ रन थपे।

images

मुम्बईका टे«न्ट बोल्ड र हाििर्दक पाण्ड्याले समान २ विकेट लिए।

लिगमा चारमध्ये तीन खेलमा जित र १ खेलमा हार भोगेको बैग्लोर ६ अंकमा तेस्रो स्थानमा रहेको छ।

images

यता पाँच खेलमा १ खेलमा जित र ४ खेलमा हार भोग्दै २ अंक मात्र जोडेको मुम्बइ अंक तालिकाको आठौँ स्थानमा रहेको छ।

आईपीएलमा मंगलबार दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा कोलकता नाइट राइडर्स र लखनउ सुपर किंग्स खेल्नेछन्। सो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।

images

आज नै हुने दोस्रो खेलमा पञ्जाव किंग्स र चेन्नइ सुपर किंग्स भिड्नेछन्। यो खेल राति पौने ८ बजे सुरु हुनेछ।

 

Nepal life insurance