शाहरूखकाे नयाँ अपार्टमेन्टको भाडा ८.६ करोड, छिमेकीमा अमिर खान

 

मुम्बई, २६ चैत । शाहरुख खान र उनको परिवार – श्रीमती गौरी खान, छोराछोरी सुहाना, आर्यन र अबराम अहिले मुम्बईको पोश क्षेत्र पाली हिलमा सरेका छन् । कारण उनको प्रतिष्ठित बंगला ‘मन्नत’ मा ठूलो परिमाणमा मर्मतसम्भारको काम सुरु भएको छ । जब शाहरुख म्यानेजर पूजा ददलानी र छोरी सुहानासँग आफ्नो नयाँ घर पुगे, पापाराजीले उनीहरूलाई क्यामेरामा कैद गरेका छन्।

Nepal life insurance

यो खबर भाइरल भएपछि शाहरुख खानका फ्यानहरू उनी जहाँ सर्ने फ्ल्याट कस्तो होला भन्ने जान्न चाहन्छन् । शाहरुख खानको नयाँ छिमेकी को हुनेछन् ? त्यो लक्जरी फ्ल्याटको विवरण र भाडाको जानकारी लिउ ।

लक्जरी अपार्टमेन्ट भाडामा
शाहरुख खान आफ्नो परिवारसँग पूजा कासा भवनको अपार्टमेन्टमा सिफ्ट हुन लागेका हुन् । यो अपार्टमेन्ट एक लक्जरी डुप्लेक्स अपार्टमेन्ट हो। पाली हिल्समा अवस्थित यो अपार्टमेन्ट १० हजार ५०० स्क्वायर फिटमा फैलिएको छ। तर, मन्नतको तुलनामा यो फ्ल्याट निकै सानो मान्न सकिन्छ किनभने मन्नत २७ हजार स्क्वायर फिटमा फैलिएको छ ।

समाचार अनुसार शाहरुख खानले यस अपार्टमेन्टको लागि करिब ३ वर्षको सम्झौता गरेका छन् । अपार्टमेन्टको भाडा मासिक २४ लाख १५ हजार रुपैयाँ रहेको । यस सन्दर्भमा शाहरुख खानले तीन वर्षमा कूल ८.७ करोड भारतीय रूपैयाँ भाडा तिर्नेछन् ।

 

शाहरुखको नयाँ छिमेकी
बलिउडको भगनानी परिवार पूजा कासाका मालिक हुन्। वासु भगनानी, ज्याकी भगनानीका अलावा निर्माता दीपशिखा देशमुख पनि सम्मानित ब्यक्तिको रूपमा हेरिन्छन् । यस भवनमा भगनानी परिवार पनि बस्छन्। पाली हिल्स इलाका सधैं बलिउड सेलिब्रेटीहरूको मनपर्ने स्थान हो । शाहरुख खानभन्दा पहिले पनि धेरै बलिउड सेलिब्रेटीहरू यहाँ बसिरहेका छन ।

अब उनी आएपछि शाहरुख खान अरु धेरै स्टारका छिमेकी बन्नेछन् । यद्यपि यो अस्थायी छिमेक हुनेछ। तर, शाहरुख खान आगामी तीन वर्षसम्म सञ्जय दत्त, आलिया भट्ट र आमिर खानका छिमेकी बन्ने भएका छन् ।

images

 

Nepal life insurance

images