किराना तथा प्लास्टिक व्यवसायी संघको आयाेजनामा नयाँ सालको उपलक्ष्यमा सरसफाइ सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न (तस्बिर सहित)

 

-सागर बेल्बासे।

भैरहवा –  किराना तथा प्लास्टिक व्यवसायी संघ भैरहवाको आयाेजनामा नयाँ बर्ष २०८२ काे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सरसफाइ सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

Nepal life insurance

शनिबार भैरहवाको असाेक पथमा अवस्थित मिट टाउन पार्टि प्यालेसमा आयाेजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, विशिष्ट अतिथिमा सिद्धार्थ नगरपालिकाकि उप- प्रमुख उमा अधिकारी सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिलिप कान्द, सिद्धार्थ संजाल अध्यक्ष अनिल ज्ञवाली, सिनपा वडा नम्बर -७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, लगाएत उद्योग व्यापार संघठन, हाेलट व्यवसायी सघं,मदिरा व्यवसायी सघं,लायन्स क्लव, निमार्ण व्यवसायी उद्योगि किराना व्यवसायी लगाएतकाे उपस्थित रहेको थियाे।

उक्त कार्यक्रममा नगर प्रमुख इश्तियाक अहमद खानले आफ्नो कार्यकाल ३ बर्ष बितिसक्दा अहिलेसम्म नगरभित्रका कुनै संस्थाले सरसफाइ सम्बन्धि कुनै पनि कार्यक्रम नगरेको तर किराना तथा प्लास्टिक व्यवसायी संघ याे कार्यक्रम गर्दा आफू खुसि भएकाे बताउनुभयो , सरसफाइमा नगरबासिले साझ परेपछि बाटाेमै फाेहाेर फालिदिने अनि नगर सरसफाइमा ध्यान पुगेन भन्दै नगरकै बिराेध गर्ने टिप्पणी गर्नुभयो, नगर सफा शान्त हराभरा सुन्दर बनाउन सबैकाे जिम्मेवारि हुनुपर्नेमा जाेड गर्नुभयाे, र कुहिने फाेहाेर र नकुहिने फाहाेर छुट्टाछुट्टै राखिदिने आग्रह गर्नुभयो।

अन्तरास्ट्रिय विमानस्थलकाे संचालन सम्बन्धमा सबै केन्द्रीय सरकारका कार्यलयमा सिद्धार्थ नगरले ज्ञापन पत्र बुझाउने र चरणबद्धकाे आन्दोलनकाे तयारि गरिरहेकाे र केन्द्रीय सरकारले यत्ति गर्दा पनि विमानस्थल संचालनमा गर्न पहल गरेन भने, अन्तिम विकल्पकाे आन्दोलन मन्त्री, पुर्वमन्त्रि,उच्चपदस्थ कर्मचारी, प्रधानमन्त्रि लगाएत लाई भैरहवा प्रवेश निषेध गरिने जनाउनु भयाे।

images

त्यसैगरि नगर उप-प्रमुख सिद्धार्थ नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बाट सम्मानित भएकोमा सम्पुर्ण नगरवासिलाई धन्यवाद ज्ञापन गर्नुभएको छ, साथै नगर सफा राख्न नगर बासिन्दा आफ्नो नगर आफै बनाउ अभियानमा लाग्नु पर्नेमा जाेड दिनुभयाे।

images

उक्त कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सघंका बरिस्ठ उपाध्यक्ष दिलिप कान्दुले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सफा नगर हनुपर्ने, र अन्तरास्ट्रिय विमानस्थल भएको नगर सफा हरियालि किलिन् ग्रिन हुनुपर्नेमा जाेड दिनुपर्ने बताउनुभयो । साथै सिद्धार्थ संजालका अध्यक्ष अनिल ज्ञवालीले नगर सफा राख्न पहिला घर बाटै सुरुवात गर्नुपर्ने बताउनु भयाे।

आस्था महिला उद्यमि संगठनकि अध्यक्ष मिनिता थापाले अरु नगर भन्दा सिद्धार्थ नगर अलि फाेहाेर रहेकाले यसलाई सुधार गर्न सबै निकाय लाग्नु पर्ने बताउनुभयो । यसैगरि सिद्धार्थ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरेले आफ्नो सहर आफै बनाउ अभियान चलाउदा मात्र सहर सफारहने बताउनुभयो ।साथै उक्त कार्यक्रम विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आफ्नो मन्तव्य राख्नु भएको थियाे।

images

यसै कार्यक्रममा विच नयाँ सदस्य पनि थपिएका थिए भने नगर प्रमुखले नयाँ सदस्यलाई सम्मान गर्नुभएको थियाे। कार्यक्रमकाे अध्यक्ष्ाता कपिल देव काफ्लेले गर्नुभएको थियाे, भने कार्यक्रम संचालन संस्थाका सचिव झविन्द्र बेल्बासेले गर्नुभएको थियाे, साथै कार्यक्रमकाे संयोजक रमेश केसि रहनु भएकाे थियाे।

 

 

Nepal life insurance

Nepal life insurance