पाल्पा – पाल्पाको श्रीडाँडाका ५९ वर्षीय लालबहादुर कनौजेले आफैंलाई बन्दुकले
हानेर आत्महत्या गरेका छन् ।
कनौजेले मंगलबार राति आफ्नै घरमा राखेको भरुवा बन्दुकले आफैंलाईहानेर मृत्युवरण
गरेका हुन् । प्रहरीका अनुसार उनी दुईवर्ष देखि मानसिक रोगी थिए । बुधबार बिहान
मात्र प्रहरीले खबर पाएको थियो । सिद्धार्थ राजमार्गको दोभानबाट साढे दुई घण्टा
पैदल हिंडेर मात्रै श्रीडाँडा पुगिन्छ ।



