ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि

 

ताइपेइ, ६ बैशाख । चीनको बिरूद्ध चेतावनी दिएकोमा ताइवानका लागि दुर्भाग्य भएको छ।

Nepal life insurance

एकातिर चीनले ताइवानको सिमानालाई कडाइका साथ घेर्न सुरू गरेको छ भने अर्को तर्फ ताइवान आफ्नै सैन्य अभ्यासमा लगातार असफलसमेत भइरहेको छ।

कतिसम्म भने पछिल्लो २ दिनमा ताइवानसँग दुईवटा ठूला अप्रिय घटना घटेका छन । पहिलो स्क्यान्डल जासुसीसँग सम्बन्धित छ र दोस्रो दुर्भाग्य लडाकु विमानसँग सम्बन्धित रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

यी दुर्भाग्यपुर्ण दुई ठूला घटना पछि ताइवानमा एक्कासी सन्नाटा छाएको छ भने भित्र भित्रै चीन भने खुसी देखिएको छ।

त्यसो त, यसअघि नै दुई देशको द्वन्द्वका बीच चीनले ताइवानलाई पूर्ण रूपमा घेरेर राखेको अवस्था छ । खासमा चीनले क्वाडोङ टापु नजिकै समुद्रको बीचमा ६
आफ्नो आणविक पनडुब्बी तैनाथ गरिसकेको छ । यी पनडुब्बीको सहयोगमा चीनले ताइवानलाई नक्साबाट मेटाउन सफल हुने देखिएको छ र उसको योजना अनुसार चीनमा गाभ्नका लागि थप सहज हुने भएको छ।

images

उता, यसबाहेक चीनले ताइवान छिर्ने मुख्य मार्गको रूपमा रहेको प्रशान्त महासागरमा ३ हजार किलोमिटरसम्म घेराबन्दी गरेको छ । जसका कारण अमेरिकाले ताइवानलाई आफ्नो थप हतियार सहयोग समुन्द्री मार्गवाट अब सजिलै पुर्‍याउन सक्ने छैन् ।

images

यसको मतलब चीनले ताइवानमाथि आक्रमण गर्‍यो भने अमेरिकाले केही गर्न सक्दैन् भन्ने बुझ्न कुनै गारहो नभएको समाचारमा उल्लेख छ। चीनले अमेरिकाले कुनै पनि हालतमा ताइवानलाई बचाउन नसक्ने बताइसकेको छ। किनभने, अमेरिका ताइवानको सबैभन्दा ठुलो सहयोगी राष्ट्र हो ।

यसैबिच, ताइवानमा २ दिनमा दुईवटा ठूला झट्का लागेको छ । उसलाई पहिलो धक्का तब लाग्यो, जब उनको गुप्तचर एजेन्सीले ६२ जना चिनियाँ नागरिक सेनाको उच्च पदमा राखेको थाहा पायो, यो गत बिहीबार मात्रै ६२ चिनियाँ सैनिक अधिकारीको पहिचान ताइवानले गरेको हो । ताइवान सरकारले अब यी सैनिकहरूलाई तैनाथ गर्नुको उद्देश्य के थियो भनेर अनुसन्धान गरिरहेको छ।

images

यस रहस्य खुले पछि ताइवानका राष्ट्रपतिले भनेका छन्, ‘ताइवानको सेनामा अब पनि कति चिनियाँ छन् भनेर पनि पत्ता लगाउँदैछौं।’

दोस्रो झट्का भनेको त्यसको भोलीपल्ट अर्थात शुक्रबार मिराज लडाकु विमानले धावनमार्गमा उडान भर्न नसकेपछि लागेको हो । प्राविधिक समस्याका कारण मिराज उडान गर्न नसकेको रक्षा विज्ञहरूले बताएका छन । ताइवानसँग हाल ६२ मिराज लडाकु बिमान छन्। जुन मिराजलाई ताइवानले फ्रान्सबाट किनेको थियो । १९९७ मा ताइवानले ती सबैलाई आफ्नो सैन्य सम्पत्तिको रूपमा राखिरहेको थियो । तर, त्यसले पनि उडान भर्न नसके पछि ताइवान थप तनावमा परेको अवस्था छ ।

 

Nepal life insurance

Nepal life insurance