



-अनिल नेपाली ।
रुकुम पूर्व – मान्छे समाज परिवर्तन कुरा गर्छन् रूपान्तरण कुरा गर्नेछन् जनतामा राम्रा राम्रा सपना देखाउछन् तर वास्तविक जनतालाई समस्या पर्दा कुनै काम गर्दिन तर लुम्बिनी प्रदेशकाे हिमाली जिल्लाका चन्द्र रसाइली भने मातातीर्थ औंसीको अवसरमा रुकुम पूर्वका युवा नेता चन्द्र रसाईलीले एक नि:सन्तान दम्पतीलाई भेटी हौसला प्रदान गर्नुभएको छ।

अखिल (क्रान्तिकारी) रुकुम पूर्वका जिल्ला अध्यक्ष समेत रहनुभएका रसाईलीले भुमे गाउँपालिका–५ का लयन दमाई र उनकी श्रीमती पद्मकुमारी दमाईसँग भावनात्मक भेटघाट गर्नुभएको हो।

भेटका क्रममा नेता रसाईलीले “रगतको सम्बन्ध नभए पनि भावनाले आमा–बुबाजस्तै लागेर भेट्न आएको हुँ,” भन्दै उनीहरूप्रति स्नेह व्यक्त गर्नुभएको थियो। उहाँले नि:सन्तान भए पनि सन्तानको अभाव नहोस् भनेर मायाको चिनोस्वरूप नयाँ कपडा समेत प्रदान गर्नुभएको थियो। नेता रसाईलीले जीवन छोटो भएको र जीवनका सबै परिस्थितिलाई स्वीकार्नुपर्ने उल्लेख गर्दै, आफूलाई सन्तानकै रूपमा स्वीकार गर्न आग्रह गर्नुभएको थियो।

उहाँले दमाई दम्पतीसँगको भेटलाई जीवनको महत्वपूर्ण भावनात्मक क्षणका रूपमा वर्णन गर्दै, आफ्नो सेवा सदैव उनीहरूजस्ता असहाय र एकल व्यक्तिहरूप्रति समर्पित रहने बताउनुभयो।

कार्यक्रममा वडाध्यक्ष टेकप्रसाद बुढा मगरले रसाईलीजस्ता युवाहरूको सामाजिक सेवाले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो।
उहाँले यस्ता सहृदय कार्यहरूबाट समाजमा सहकार्य र आत्मीयता बढ्ने बताउनुभयो।नेता रसाईलीले मातातीर्थ औंसीलाई केवल आमा–बुबाको मुख हेर्ने अवसर मात्र नभई, असहाय र एक्ला आमाबुबाबाट आशीर्वाद लिने दिनको रूपमा अर्थ्याउनुपर्ने बताउँदै, यस्ता सेवाकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले दमाई दम्पती मात्र होइन, समाजका अन्य एकल, असहाय, वृद्ध र सीमान्तकृत वर्गहरूलाई पनि सहयोग र सम्मान गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै आउनुभएको छ ।




