अर्घाखाँची संपर्क समिति युएईको २१ औं बार्षिकोत्सव बिबिध कार्यक्रमका साथ सम्पन्न (तस्बिर सहित)

 Nepal Life

 

-अर्घाखाँची डट्कम, सम्वाददाता। 

युएई – अर्घाखाँची संपर्क समिति युएईले विविध सांगीतिक माहोल मा नयां बर्ष २०८२ सालको शुभकामना आदानप्रदानसंगै बार्षिक साधारण सभा तथा एक्काइसौ बार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

संस्थाको छैठौं कार्यसमितिले २१औं बार्षिकोत्सवको अवसर पारेर सो कार्यक्रम गरेको हो ।

औपचारिक कार्यक्रमको थालनी पंञ्चकन्या तथा गुरुहरु द्धारा स्वस्तिवाचन र सनातन बेद मन्त्रोच्चारण लगत्तै प्रमुख अतिथि, सभाध्यक्ष र अतिथिहरुबाट मूल दीप साथै एक्काइस वटा प्रज्वलन गर्दै गरिएको थियो ।

नेपाली राष्ट्रिय गान र संस्थाका आजीवन सदस्य युवराज गैरे लगायत कर्म भूमिमा मृत्यु वरण गर्नुहुने श्रमिकहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै संस्था कि सचिव सविना खड्काको शुभभकामना मन्तव्य रहेको थियो ।

images

कार्यक्रम संयोजक तथा कलाकार दिपक शाह ठकुरीले स्वागत गान प्रस्तुत गर्दै सबैलाई मन्त्र मुग्ध पारेका थिए सोही अवसरमा सह–कोषाध्यक्ष राकेश रायमाझीले एक बर्ष भरिमा संस्थाले गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष जेपी पोखरेल बाट आफ्नो वार्षिक सामाजिक कार्य प्रतिवेदन सबैको माझमा प्रस्तुत गरिएको थियो ।

images

कार्यक्रमको रुप रेखा र समाजको बारेमा उपस्थित अतिथिहरुले आ–आफ्नो भनाई र जिज्ञासा सहित शुभकामना मन्तब्य राखेका थिए ।

images

सन् २००४ मा अर्घाखांची वासीहरुको पहलमा स्थापना भएको अर्घाखांची सम्पर्क समिति युएई अहिले २१ औं वसन्त पार गरिसकेको छ । स्थापनाकालदेखि युएई लाई कर्मथलो बनाउंदै आएका अर्घाखांची वासीहरुलाई गोलबद्ध गर्दै आइपरेका समस्याहरुको समाधान गर्ने उद्देश्य संस्थाको रहेको छ ।

प्रवासको भूमिमा टाढा–टाढा भएका जिल्लावासी हरुलाई एउटै परिवारको रुपमा रुपान्तर गर्दै धर्म संस्कार संस्कृती र चाड पर्वहरु पनि मनाउदै आएको छ ।

समाजलाई अझै बलियो र क्रियाशिल बनाउनका लागि कार्यक्रममा आजिवन सदस्यता का कार्ड पनि बितरण गरिएको थियो ।

Nepal life insurance

कार्यक्रमलाई सांगीतिक माहोल मा ढाल्न का लागि युएईमा कर्मथलो बनाउंदै कलाकारितामा स्थापित भइसकेका थुप्रै कलाकारहरुको जमघट रहेको थियो ।  नेपाली डान्स ग्रुपबाट आशमान तामाङ, शितल थापा, माया रजाली मगर, सविता आले मगर, कुल थापा, होम रजाली मगर र रश्मि आले मगरको ग्रुप नत्य रहेका थिए ।

त्यस्तै गरि गायक निरज केसी, दीपक शाह ठकुरी, नरेश भाट र निरा तामाङको संयुक्त जोडी नृत्य, लोक गायक नरेन सापकोटा, लोक गायिका निरुता गैरे, बिकास सुब्बा र मन्जु आचार्यको संयुक्त जोडी नृत्य, लोक गायक दीपक दर्लामी मगर, गायक राजु परियार, प्रियन्का श्रेष्ठको नृत्य, गायिका पार्वता पाण्डे, गायक पुष्पा परियार र सरोज थापा मगरको भव्य प्रस्तुति रहेका थिए ।

हिन्दू जागरण नेपाल युएईको भजन कृतन मण्डलीको सुपादेउराली भजन ले कार्यक्रमलाई पवित्र बनाएको महसुस गरिएको थियो । रंगारंग नाच गानसंगै नेपाली परिकारका सेलरोटी, अचार र चिया को चुस्किले कार्यक्रम मा झनै मौलिकता संगै सुनमा सुगन्ध थपेको थियो ।

समाजका महासचिव अमित पाण्डेले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता अर्घाखांची सम्पर्क समिति युएईका अध्यक्ष जेपी पोखरेलले गर्नुभएको थियो ।

अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।उक्त कार्यक्रम मा करीव ५०० देखि ६०० जना नेपालीहरुको उपस्थिती रहेको आयोजक टिमको दावी छ ।

Nepal life insurance