अन्टुक अर्घाखाँचीले मनायो १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (तस्बिर सहित )

 Nepal Life

 

गोपालप्रसाद भट्टराई

बैशाख-१८,अर्घाखाँची – अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) अर्घाखाँचीले सन्धिखर्कमा १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।

May be an image of 11 people, people studying and text

मे १ को अवसर पारेर मसालबजार स्थित राजमो पार्टी कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी. र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.ले सम्बोधन गर्नुभएको थियोे ।

May be an image of 10 people, temple, hospital, dais and textNepal life insurance

कार्यक्रममा बोल्दै उहाँहरुले श्रम र श्रमिकको सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । श्रम र श्रमिकको सम्मान गर्दै सबै नागरिक उत्पादनमा जोडिनु अहिलेको प्रमुख आवश्यकता भएको नेता वि.सी. र के.सी.को तर्क छ ।

May be an image of 10 people, people studying and text

श्रमिकको सम्मान र कामको कदर नहुदा सम्म समृद्धि सम्भव नहुने भन्दै उहाँहरुले श्रमिकका अधिकार प्राप्तिका निम्ति मजदुर एकताको पनि खाचो औल्याउनुभएको छ ।

May be an image of 11 people and text

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी., अनेम संघ केन्द्रिय महासचिव सकुन्तला राना,केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेल, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, जिल्ला सचिवालय सदस्य कमल प्रसाद घिमिरे, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सचिव उषा पुन लगायतका नेताहरूको आतिथ्यता रहेको थियो ।

May be an image of 10 people, dais, temple, hospital and text

कार्यक्रम अन्टुक जिल्ला अध्यक्ष इन्द्रमणी भुसालको अध्यक्षता, उपाध्यक्ष उषा वस्नेतको स्वागत मन्तव्य र सचिव तुल्सीराम गैरेको संचालनमा सम्पन्न भएको प्रगतिशील पत्रकार संघका केन्द्रिय सचिव गोपालप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

May be an image of 9 people and people studying

May be an image of 9 people

May be an image of 11 people, people studying and text

May be an image of 10 people, people studying and text

 

Nepal life insurance

अन्य समाचारहरु