बिलिनियर वारेन बफेटले गरे ‘रिटार्यडमेन्ट’ को घोषणा, उत्तराधिकारी बने ग्रेग एबेल

Nepal Life

 

काठमाडौं, २१ बैशाख । अर्बपति लगानीकर्ता वारेन बफेटले यो वर्षको अन्त्यमा आफ्नो बर्कशायर ह्याथवे व्यापार समूहको नेतृत्वबाट अवकाश लिने घोषणा गरेका छन्।

Nepal life insurance

बफेटले शनिबार समूहको वार्षिक सेयर होल्डर बैठकमा भने कि उनी २०२५ को अन्त्यमा प्रमुख कार्यकारीको पद छोड्ने अवस्थामा पुगेका छन्। र, उनले आफुले सम्हालि रहेको जिम्मेवारी उपाध्यक्ष ग्रेग एबेललाई सुम्पने छन् । जो पहिले नै उनको अभिषिक्त उत्तराधिकारी भनेर चिनिदै आएका थिए ।

‘म अझै पनि काममा घुमिरहनेछु र केहि अवस्थामा उपयोगी हुन पनि सक्छु तर अब ग्रेगले सम्पुर्ण कम्पनिको अपरेशन हेर्नेछन्,’ बफेटले ओमाहा, नेब्रास्कामा भएको बैठकमा भने। उनले थपे कि सञ्चालक समिति उनको सिफारिसको सर्वसम्मत पक्षमा हुनेछ ।

त्यसको लगभग एक घण्टा पछि बफेट बिना नै ग्रेग एबेल औपचारिक बर्कशायर व्यापार बैठक को निरीक्षण गर्न बाहिर आएका थिए । ‘म भन्न चाहन्छु कि हामी अगाडि बढ्दै गर्दा बर्कशायरको हिस्सा हुन पाउँदा म धेरै सम्मानित महशुश गरेको छु, तर बफेट जतिको चाँही म हुन सक्दिन्’ उनले भने।

सन २०१८ देखि उनी समूहको उपाध्यक्ष रहेका छन् ।  गैर बीमा कार्यहरू प्रबन्ध गर्ने ६२ वर्षीय एबेललाई २०२१ मा प्रमुख कार्यकारीको रूपमा बफेटको अपेक्षित उत्तराधिकारी नियुक्त गरिएको थियो । तर, यो सधैं मानिएको थियो कि उनले बफेटको मृत्यु पछि मात्रै पदभार ग्रहण गर्ने छैन्।

images

तर, बफेटको रिटार्यडमेन्टको घोषणाले भने धेरैलाइ आश्चर्चचकित बनाएको छ।

 

images

Nepal life insurance