कपिलवस्तुकाे विजयनगर आधारभूत अस्पतालकाे अवलोकन, सेवा प्रवाहमा जाेड (तस्बिर सहित )

Nepal Life

 

धर्मेन्द्र कुमार कुर्मी , कपिलवस्तु।

कपिलवस्तु – कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्दाैरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा एक टाेलीले अवलोकन गरेकाे छ । विजयनगर गाउँपालिका र निक साइमन इन्स्टिच्युटकाे टाेलीले अस्पतालकाे अवलोकन गरेकाे हाे । अस्पताललाई थप व्यवस्थित बनाउँदै उपलब्ध भएका सेवालाई प्रभावकारी बनाउनका लागि साे टाेलीले अस्पतालकाे व्यवस्थापन, जनशक्ति, उपकरण र आधारभूत सेवा र आकस्मिक सेवाकाे सुनिश्चिततामा जाेड दिएकाे छ ।

May be an image of 10 people, hospital and textNepal life insurance

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालफ, ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी, इन्चार्ज इन्द्र भण्डारी र निक साइमन इन्स्टिच्युटका पदाधिकारीहरुकाे सहभागीतामा विजयनगर आधारभूत अस्पतालकाे अध्ययन अवलाेकनकाे साथै गुणस्तरीय सेवा प्रवाहकाे बारेमा छलफलसहित अस्पताललाई व्यवस्थित बनाउँदै याेजनाबद्ध रुपमा अगाडी बढ्नुपर्नेमा जाेड दिएकाे छ ।

May be an image of 12 people, people studying and temple

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अस्पतालबाट प्राप्त हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउनुपर्नेमा जाेड दिँदै सम्बन्धित विभिन्न निकायहरुसँग आवश्यक दक्ष जनशक्ति, व्यवस्थापन पक्षका लागि पहल गर्दै आइरहेको बताए । अस्पतालबाट सेवा सुचारु भएपछि सेवाग्राहीकाे संख्यामा बिस्तारै हुँदै गएकाे उनको भनाइ छ ।

May be an image of 10 people and people studying

images

यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले अस्पताल सञ्चालनका लागि पालिकाले पनि बजेट विनियोजन गरि आवश्यक जनशक्ति सहित सेवा प्रवाह र गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताए ।

May be an image of 6 people, hospital, temple and text

images

उनले अस्पताल सञ्चालनकाे आवश्यक प्रक्रियाहरु पूरा गरेर विभिन्न दातृ निकाय लगायत संघसंस्थाहरुसँग समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जाेड दिए ।

 

images

Nepal life insurance