जिल्ला अस्पताल अर्घाखाँचीमा हाडजोर्नी विशेषज्ञ सेवा सुरुः स्थानियमा खुशियाली (तस्बिर सहित)

Nepal Life

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची । 

बैशाख–२३,अर्घाखाँची ।

अर्घाखाँची जिल्ला अस्पताल अर्घाखाँचीमा हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ । हाडजोर्नी रोग बिशेषज्ञ डाक्टर अनुप गुप्ता आएपछि अर्घाखाँची अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा थपिएको हो ।

Nepal life insurance

पहाडी भेगमा हाडजोर्नीसँग सम्बन्धित बिरामीको संख्या धेरै हुने गरेको छ । जिल्ला अस्पताल अर्घाखाँचीबाट यस्ता बिरामीको सामान्य उपचार गर्ने बाहेक अरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अबदेखि यो समस्या हटेर गएको अस्पताल प्रमुख डाक्टर जगन्नाथ तिवारीको भनाई छ ।

May be an image of 6 people

यो सेवा सुचारु भएपछि अर्घाखाँचीसँगै छिमेकी जिल्ला गुल्मी, प्युठान लगायत आसपासका बिरामीलाई समेत राहत पुग्ने अस्पताल प्रमुख डा.तिवारीले बताउनुभयो । जम्मा १५ शैयाको जिल्ला अस्पतालबाट हाल ५० शैयाको क्षमतामा सेवा प्रदान हुँदैआएको छ ।

May be an image of road, tree, hospital and text

विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, डिजिटल एक्सरे तथा भिडियो एक्सरे सेवा, ल्यावसेवा लगायत आधुनिक स्वास्थ्य उपकरणहरूको उपलब्धता, अस्पताल हाता भित्र सुलभ ओषधि पसलको ब्यबस्था हुनुले बिरामी र बिरामीका कुरूवालाई समेत सहज भएको इर्मजेन्सी फाँटमा कार्यरत सिनियर अहेब अशोक चौहानले बताउनुभएको छ ।

May be an image of train, hospital and text that says "अर्घासाची अस्पताल General Ward ภฟใ้"

स्थानीय बासिन्दाहरूले अर्घाखाँची जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुनु ठूलो उपलब्धि भएको बताएका छन् ।

May be an image of 3 people

यसले विशेष गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरण र जेष्ठनागरिकमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ ।  नागरिकको सेवामा बिस्तार भएपनि २०४१ सालमा निर्मित पुरानो जिर्ण भवनबाट सेवा दिंदा असहजता भएकोले नयाँ भवनको खाँचो भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

Nepal life insurance