अत्तरिया, कैलाली – हातको शल्यक्रिया
गर्न कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा पुगेका भलिबलका राष्ट्रिय खेलाडीको मृत्युपछि आक्रोसित स्थानीयवासी र आफन्तले
अस्पताल तोडफोड र आगजनी गरेका छन् ।
डाक्टरहरुको लापरबाहीले गेटाका भलिबलका राष्ट्रिय खेलाडी कमल पन्तको मृत्यु भएको
भन्दै आक्रोसित स्थानीय र आफन्तले अस्पतालको एम्बुलेन्स तोडफोड गरेका छन् ।
उनीहरुले अस्पतालभित्रबाट विरामी सुत्ने बेड बाहिर ल्याएर जलाएका छन् ।
स्थिति तनावग्रस्त भएपछि पुगेको प्रहरीले केही राउण्ड हवाईफायर पनि गरेको छ ।
त्यसक्रममा ७ जना प्रहरी र स्थानीयवासी गरी एक दर्जन घाइते भएका छन् ।



