गायक अरजित सिंहले आफ्नाे होटलमा खुवाउँछन ३० रूपैयामा नै खाना

Nepal Life

 

मुम्बई, २४ बैशाख । गायक अरिजित सिंहले आफ्नो स्वरले करोडौं मानिसलाई दीवाना बनाएका छन् । उनले आफ्नो करियरमा यस्ता गीत गाएका छन्, जुन सबैको मनमा बसिरहेको छ, जो अझै सयौं बर्षसम्म पनि बस्नेछ । यसबाहेक अरिजित सिंह आफ्नो सादगीका लागि पनि परिचित छन् ।

Nepal life insurance

अब भने अरिजित सिंहले आफ्नो होटल मार्फत समाजसेवाको काम पनि गरिरहेका छन् । मुर्शिदाबाद (पश्चिम बंगाल) मा अरिजित सिंहको गृहनगर जियागञ्जमा ‘हेशेल’ नामको होटल छ, जसको व्यवस्थापन उनको परिवारले गर्छ। यस होटलमा ३० रुपैयाँमा नै स्वादिष्ट खाना पाइन्छ। यो होटल श्रमिक वर्गका लागि हो, जसले कम पैसा खर्च गरेर आफ्नो पेट भर्न सक्छन्।

यसका साथै होटलमा नन–भेज खाना पनि उपलब्ध छ, जुन ग्राहकलाई सुपथ मुल्यमा उपलब्ध गराइन्छ । यस होटलको मर्मत सम्भारमा पनि अरिजितको सक्रिय भूमिका रहेको बताइएको छ। उनको समाजसेवी छवीले उनलाइ थप लोकप्रिय बनाएको छ।

खासमा सन २००५ मा गायन रियालिटी शो मा हार्दा पनि उनले कडा मेहनतले आफ्नो छाप छाडेका थिए। यति धेरै लोकप्रियताका बाबजुद पनि उनी आफ्नो पुर्ख्यौली घरमा बसेर सादा लुगा लगाएर गाउँका गल्लीमा स्कुटरमा घुमफिर गरेको देखिन्छ । आफ्नो सरल जीवनशैलीका कारण अरिजितले पृथ्वीमा बसेर जनताको सेवा गर्नमा नै वास्तविक सफलता रहेको बताउँदै आएका छन् ।

अरिजित सिंहले १८ वर्षको उमेरमा आफ्नो करियर सुरु गरेका थिए। उनले ‘आशिकी २’ को ‘तुम ही हो’ गीतबाट निकै नै लोकप्रियता कमाउन सफल भए । एक दशकभन्दा लामो आफ्नो करियरमा अरिजित सिंहले हिन्दी, बंगाली, मराठी र तेलुगुलगायत धेरै भाषामा ३०० भन्दा बढी गीतहरूमा स्वर दिएर विश्वभरका मानिसहरूको मन जितेका छन्।

images

अरिजित सिंह बलिउडका सबैभन्दा धेरै कमाउने गायक बनेका छन् । डीएनए रिपोर्टका अनुसार उनको अहिले वार्षिक आम्दानी ७० करोड रहेको छ र उनको कुल सम्पत्ति ४१४ करोड रुपैयाँ छ ।

images

फोर्ब्सका अनुसार अरिजितले सन् २०१९ मा ७१ करोड रुपैयाँ कमाएका थिए । उनले एउटा गीतका लागि १० लाख रुपैयाँ र कन्सर्टका लागि ५० लाखदेखि १.५ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन्।

images

 

Nepal life insurance