भारत- पाकिस्तान तनावले आईपीएल स्थगित

Nepal Life

 

काठमाडौं । भारत र पाकिस्तानबीचको लडाइँका कारण इन्डियन प्रिमियर लिग आइपीएल अनिश्चितलकालका लागि स्थगित गरिएको छ ।

Nepal life insurance

हालसम्म ५७ वटा खेल सम्पन्न भइसकेका छन्। अब १२ वटा लिग खेल बाँकी छन्। फाइनल खेल मे २५ तारिखमा हुने तय थियो। तर, बिसिसिआईले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।

बिसिसिआईका एक अधिकारीले पिटिआईसँग कुरा गर्दै भने, ‘देश युद्धको स्थितिमा हुँदा क्रिकेट खेलिनु राम्रो देखिँदैन।’ यही कारण देखाउँदै बोर्डले तत्कालका लागि आइपिएल रोकेको हो। तर, नयाँ मिति भने घोषणा गरिएको छैन।

विहीवार धर्मशालामा चलिरहेको पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि रद्द गर्नु परेको थियो ।

खेल चलिरहेको बेलामा पाकिस्तानले जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोन आक्रमण गरेपछि धर्मशालामा खेल बीचमै रोकेर आधाम‘ब्ल्याकआउट’ गरी। ‘फ्लडलाइट’ बन्द गरेर दर्शकहरूलाई स्टेडियमबाट बाहिर पठाइएको थियो ।  ५७ खेलपछि अंक तालिकामा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंग्लुरु समान १६–१६ अंकसहित अगाडि थिए। तर, रन रेटका आधारमा गुजरात पहिलो स्थानमा थियो।

पञ्जाब तेस्रो, मुम्बई इन्डियन्स चौथो र दिल्ली पाँचौँ स्थानमा थिए। चेन्नई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्लेअफ दौडबाट बाहिर भइसकेका छन्।

उता, पाकिस्तानमा भइरहेको पीएसएल पनि स्थगन गरिएको छ । क्रिकइन्फोका अनुसार पीएसएलका बाँकी खेल यूएईमा हुनेछन् ।

पाकिस्तानी क्रिकेट बोर्डले बाँकी ८ खेलको नयाँ तालिका चाँडै घोषणा गर्ने बताएको छ । हिजो कराँची किङस र पेशावर जाल्मीबीचको खेल थियो । तर आकस्मिक बैठकपछि  खेललाई रिसेड्यूल गरिएको छ । पाकिस्तानमा रहेका विदेशी खेलाडीहरू युएई जान थालिसकेका छन् ।

 

Nepal life insurance