




– दिनेश विकल्प ।
वास्तवमा, अहिलेको पुस्तामा एकप्रकारको सामूहिक निराशा फैलिएको छ —

“नेपालमा केही हुँदैन”,
“देश खत्तम भयो”,
“यहाँ बस्नूको अर्थ छैन”,
“सबै कुरा बिग्रिएको छ” हो यस्तै र यिनै भावनाले गर्दा देश छाड्ने लहर पनि व्यापक भएको छ
पछिल्ला वर्षहरूमा धेरै नेपाली युवाहरू, बौद्धिक वर्ग र श्रमशक्ति विदेशतर्फ गइरहेका छन्।
• बेरोजगारी
• शिक्षा र स्वास्थ्यमा असमान पहुँच
• कमजोर राजनीतिक नेतृत्व
• नीति कार्यान्वयनमा भ्रष्टाचार
• ढिलो विकास
• न्यून सामाजिक सुरक्षाको अनुभूति

यी सबै समस्या हुन्, यसमा दुईमत छैन।
तर समस्याहरूका कारण देश नै सकियो भन्ने निष्कर्षमा पुग्नु समाधान होइन, पलायन हो । देश छाडेर विदेश जानु अवसर खोज्ने उपाय हुन सक्छ, तर समस्याको समाधान होइन यदि सबै योग्य, सचेत, कर्मशील मानिसहरू देश छोड्ने हो भने :
• देश कसले बनाउने?
• नीति कसले सुधार गर्ने?
• जनतालाई प्रतिनिधित्व गर्ने सचेत वर्ग को रहने?
• आगामी पुस्ताले कस्तो देश पाउने?
देशको सुधारको जिम्मा अरुले होइन, हाम्रै पुस्ताको काँधमा हुन्छ।
जुन पुस्ताले “देश सकियो” भनेर हिँड्छ, उसैले परिवर्तनको मौका पनि गुमाउँछ।
“सम्भावना छैन” — साँच्चिकै छैन त? कि हामी देख्न छाडेका छौं?
सम्भावना कहिल्यै झोला बोकेर आउँदैन त्यो संघर्ष, लगन र दीर्घदृष्टिबाट जन्मिन्छ।
• युवाहरूले प्रविधि, कृषि, पर्यटन, उद्यमशीलता जस्ता क्षेत्रमा असीम सम्भावना देख्न सक्नुपर्छ ।
• शिक्षित वर्गले नीति निर्माणमा प्रभाव पार्न सक्छ।
• मिडिया, साहित्य, कला र अभियन्ताहरूले चेतनाको क्रान्ति ल्याउन सक्छन्। किनकि आज पनि हजारौं युवाहरू नेपालमै रहेर केही गरिरहेका छन् —
• स्टार्टअप सुरु गरिरहेका छन्,
• शिक्षामा नवीनता ल्याइरहेका छन्,
• कृषि र प्रविधिमा नवप्रवर्तन गरिरहेका छन ।समाधान के हो?
देशप्रेमलाई व्यवहारमा उतार्ने
• देशप्रेम भाषण होइन — यहीँ बसेर, स-सानो कामबाट परिणाम ल्याउने कुरा हो।
संस्थागत सुधारमा लाग्ने
• राजनीतिलाई टाढा होइन, नजिकबाट हेर्ने। राम्रो मान्छे राजनीतिमा पुग्ने वातावरण बनाउन सघाउने।
शिक्षा र सीपको लगानी देशमै प्रयोग गर्ने
• विदेशमा पढ्ने ठीक हो, तर ज्ञान र अनुभव देशमै फर्काएर योगदान दिने सोच बनाउने।
समुदायस्तरबाट परिवर्तन सुरु गर्ने
• आफूले देखेको समस्या समाधान गर्न साना प्रयासहरू सुरु गर्ने। जस्तै: गाउँको विद्यालय सुधार, स्वच्छता अभियान, डिजिटल साक्षरता आदि।
सकारात्मक सोच र दृष्टिकोण फैलाउने
• “देश सकियो” होइन, “देश बनाउनु छ” भन्ने दृष्टिकोण बोकेर अगाडि बढ्ने र एउटा अहोट गर्ने कि
नेपाल सकिएको होइन थाकेको हो।
त्यसलाई उठाउने जिम्मा हामीसँग छ।

यदि सबैले सोच्न थाल्यो “यहाँ केही हुँदैन”, अनि साँच्चिकै केही हुने छैन तर कोही केही गर्न उठ्यो भने
त्यही एउटा आशाले परिवर्तनको बीउ रोपिन्छ
देश छाड्ने होइन, देश बनाउने चलन सुरु गरौं।
समस्या देख्ने मात्र होइन, समाधान सिर्जना गर्ने गर्नु एक देशप्रीमी नागरिकको कर्तव्य हो ।
धेरैले भन्छन्, “यहाँ त केही सम्भावना छैन,” “देशमा के गर्नु?” वा “अवसर त विदेशमै छ।” तर वास्तविकता के हो भने सम्भावना कहिल्यै पनि आँखाले देखिने वस्तु होइन, दृष्टिकोणले बनाइने अवसर हो।
जसरी बीउ माटोमा मिल्छ अनि पानी, घाम, समय पाएर बिरुवा बन्छ त्यसैगरी सम्भावना पनि परिस्थिति,
दृष्टिकोण र कर्म बाट जन्मिन्छ।
• जुन मानिसले जंगलमा केवल झाडी देख्छ,
उही अर्कोले त्यहीँ घाँसको उद्योग देख्छ।
नेपालमा पनि सम्भावना छन् — तर हेर्ने आँखा र बनाउन सक्ने साहस चाहिन्छ।देशमै केही गर्न सकिंदैन भन्ने सोच भनेको सम्भावनालाई अन्धकारमा थुन्ने कुरा हो।
तर जसले चुनौतीलाई मौका मान्छ,
त्यसैले देश बनाउँछ, भविष्य बनाउने गर्दछ ।
सम्भावना भनेको खोजिने होइन — सिर्जना गरिने कुरा हो।
हाम्रो सोच, दृष्टिकोण, र सङ्कल्पले नै नयाँ सम्भावनाहरू जन्मिने गर्द्छ्न त्यसैले आजैदेखि भनौं —
“जहाँ अरूले केही देख्दैनन्, म सम्भावना देख्छु।
जहाँ अरुले सकियो भन्छ म सकिन दिदैन भन्ने अठोट लिदछु । आजको मानवीय विकासका विविध चरण मन्ध्य प्राविधिक र चितनाको तिब्र विकासले मानवलाई धेरैनै महत्वकाक्षी र देखावटी बनाएको छ अझ देखावटी परनिरभर्ताको दृष्टीकोणबाट हेर्दा अहिले हामी नेपालमा बस्छौं, तब लाग्छ — यहाँ केही छैन, अवसर छैन, जीवन अगाडि बढ्दैन। भोलिका सुनौला सपना देखाउँदै विदेशका रङ्गीन सडकहरूले आकर्षित गर्छन्। लाग्छ, त्यहाँ पैसा छ, स्वतन्त्रता छ, प्रतिष्ठा छ। अनि हामी एक दिन हिम्मत गर्छौं, बिदा लिन्छौं आमाबाबुबाट, साथीहरूबाट, अनि छाड्छौं त्यो माटो — जुनमा हामीले पहिलोपल्ट हिँड्न सिकेका थियौ तर जब त्यही माटो टाढिन्छ, तब मात्रै थाहा हुन्छ — यथार्थ पैसा होइन भावनाले भरिएको देश रहेछ विदेशको शहरमा लाख बत्ती बल्ला, तर आमा-बुबाको एक नजरको उज्यालो हुँदैन।
रोज लाखौं कमाउला, तर आफ्नै भाषामा ‘नमस्ते’ सुन्न मन तडपिन्छ रातभरी ‘work shift’ होला, तर दशैंको टीकाको त्यो एक घण्टा स्मृतिमा घन्किन्छ ।
बिस्तारै थाहा हुन्छ — जुन बेला ‘अहिले गइसके भइहाल्छ’ भन्ने थियौं, त्यही देश, त्यही गाउँ, त्यही मान्छेहरू नै जीवनका सबैभन्दा असली हिस्सा रहेपरम्परा भन्ने । त्यसकारण म भन्छु
(नेपाल छोड्नु भनेको आत्मालाई टाढा पार्नु हो देवभूमिलाई अँगालौं, भाग्य आफै बद्लिन्छ ।)
हाम्रो जीवनमा एउटा मात्र कुरा तय हुन्छ — जन्म। अनि त्यो जन्म कुन माटोमा हुन्छ, त्यसले हाम्रो सम्पूर्ण जीवनको आत्मा तय गर्छ। हामी भाग्यमानी छौं कि साक्षात् देवताको भूमि, हिमाल, बुद्ध, र वीरहरूको जन्मभूमि नेपालमा जन्म पाएका छौं। तर विडम्बना — यति गौरवशाली मातृभूमिलाई पछाडि छाडेर हामी बारम्बार विदेश जाने सोचमा रमाउँछौं।
नेपाल — केवल देश होइन, आत्मा हो ।
नेपाललाई विश्वले केवल एउटा सानो देश भनेर हेर्ला, तर हाम्रो लागि यो ‘देवभूमि’ हो — जहाँ हर पाइला धर्म, संस्कृति, प्रकृति र परम्परा रहेको छ ।
– दिनेश विकल्प ।



