भारतको जम्मु-कश्मीरमा नेपालीहरुको सुरक्षामा चासो : मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आग्रह

Nepal Life

 

नयाँ दिल्ली, ९ मे २०२५ भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि त्यस क्षेत्र हुँदै यात्रा गर्ने नेपाली नागरिकहरूको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतीय सरकारसँग माग गरेको छ।

Nepal life insurance

संगठनले जारी गरेको प्रेस वक्तव्यमा नेपालीहरूलाई सुरक्षित रूपमा यात्रा गर्न दिन र जोखिमपूर्ण क्षेत्रहरूमा जान रोक लगाउन पनि आग्रह गरिएको छ।

वक्तव्यमा उल्लेख गरिएअनुसार, सामाजिक सञ्जालमार्फत पहलगाममा भएको घटनाको सम्बन्धमा भाइरल भइरहेको समाचारले भारतमा बसोबास गर्दै आएका नेपालीहरू चिन्तित भएको जनाइएको छ। घटनाको निन्दा गर्दै संगठनले हिंसात्मक गतिविधिको विरोध गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।

समाजले दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन भारत सरकारसँग माग गरेको छ। साथै भारत–पाकिस्तानबीच विद्यमान तनाव र त्यसले निम्त्याउन सक्ने विनाशकारी परिणामप्रति चिन्ता व्यक्त गर्दै संयमता र संवादमार्फत समाधानको खोजी गर्न आह्वान गरिएको छ।

 

Nepal life insurance